मेरठ: भगवान भोलेनाथको मूल स्थान कैलाश मानसरोवरलाई चीनको चंगुलबाट मुक्ति दिलाउनको लागि भारत-तिब्बत समन्वय संघ (बीटीएसएस)-ले जनजागरण यात्रा शुरू गरेको छ। यो यात्रा गोरखपुरदेखि शुरू भएर देहरादूनसम्म पुग्नेछ। मेरठमा २४ मईको दिन यस यात्रालाई स्वागत गरिनेछ। बीटीएसएसका राष्ट्रिय सहसंयोजक सांस्कृतिक प्रभाग शीलवर्धन र मेरठ प्रान्त संयोजक मानवाधिकार प्रभाग रजनीश कौशल रज्जनले बताएअनुसार, गत १९ मईको दिन गोरखपुरबाट शुरू गरिएको कैलाश मानसरोवर मुक्ति जनजागरण यात्रा अयोध्या, लखनऊ, कानपुर, अलीगढ़, आगरा, मथुरा, दिल्ली अनि गजियाबाद हुँदै आउँदो २४ मईको दिन मेरठ आइपुग्नेछ। मेरठमा श्री बिल्वेश्वर महादेव मन्दिर परिसरमा यात्रालाई स्वागत गरिनेछ। यस अवसरमा उपस्थित मानिसहरूलाई कैलाश मानसरोवर मुक्ति अभियान बारे जानकारी गराइनेछ साथै चीनबाट मुक्ति दिलाउनको लागि संकल्प गराइनेछ। त्यसपछि औघड़नाथ मन्दिरमा यात्रामा सामेल मानिसहरूद्वारा जल अभिषेक गरिएपछि यात्रा मुजफ्फरनगरको शुकतीर्थ तर्फ प्रस्थान हुनेछ।
यस यात्रामा भारत-तिब्बत समन्वय संघका राष्ट्रिय महामन्त्री एवं यात्रा संयोजक रामकुमार सिंह, राष्ट्रीय महामन्त्री एवं यात्रा समन्वयक विजय मान, पश्चिमी उत्तर प्रदेश क्षेत्रका क्षेत्रीय अध्यक्ष एव यात्राका सहसंयोजक सन्दीप त्यागी रसम सामेल छन्। बीटीएसएसका मेरठ प्रान्त संयोजक शोध प्रभाग पुष्पेन्द्र कुमारले भने, ‘चीनले तिब्बतलाई कब्जा गरेको कारणले हामी सनातनी समाजलाई आफ्नो आराध्य देव भगवान शिवको मूल स्थान कैलाश मानसरोवरको प्रत्यक्ष पूजा-अर्चना गर्नमा कठिनाई भइरहेको छ। यसलाई समाधान गर्ने उद्देश्यले कैलाश मानसरोवर मुक्ति महासंकल्प जन जागरण यात्रा आयोजना गरिएको छl’ –हिस










