एसकेएम पार्टीले बतायो बजेटलाई सबैभन्दा पारदर्शी र भविष्यमुखी

IMG-20230522-WA0352.jpg

गान्तोकः वित्त वर्ष २०२३-२४ को निम्ति हालै पारित गरिएको बजेटलाई सत्तारुढ एसकेएम पार्टीले सबैभन्दा पारदर्शी, जनमुखी र दूरदर्शी बजेट बताएको छ। पर्यावरण संरक्षण र जलवायु परिवर्तन जस्ता अन्तरराष्ट्रिय स्तरमा चर्चाका विषयलाई बजेटमा समावेश गरिएकाले यो बजेट भविष्यमुखी रहेको एसकेएम पार्टीले दावी गरेको छ।

हरित ऊर्जा अनि हरित अर्थनीतिमाथि राज्य सरकारले पहल भएको, जलवायु परिवर्तनका लघु अनि दीर्घमियादी प्रभावबारे बजेटमा नै प्रावधान राखेर समिति गठन गरिनु प्राकृतिक सम्पदाको संरक्षण र पर्यावरण संरक्षणको उच्च स्तरीय पहल हो भन्दै एसकेएमको प्रचार प्रसार शाखाका समन्यवय विकास बस्नेतले आम जनतालाई फाइदा पुग्ने बजेट बनाएको भन्दै मुख्यमन्त्री र सरकारप्रति आभार व्यक्त गरे।

सोमवार गान्तोकस्थिति एसकेएम मुख्यालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पार्टीका प्रचार प्रसार समन्वयक विकास बस्नेत र प्रवक्ता जोकब खालिङले यस पल्टको बजेट पूर्ण रूपले जनमुखी, गाउँमुखी र भविष्यमुखी छ भन्दै बजेटलाई आलोचना गर्नेहरूको खण्डन पनि गरे।

सिक्किम अर्ग्यानिक एग्रिकल्चर युनिभर्सिटी स्थापित गरेर यहाँको जैविक खेतीबारे विश्वविद्यालयमा अध्ययन शुरु गराउनुले धेरै पक्षबाट यस क्षेत्रलाई पाइदा पुग्ने दाबी गर्दै यसबारे पूर्व मुख्यमन्त्री पवन चामलिङले बजेट सत्रमा विरोध जनाएकोमा आश्चर्य जनाए।

बजेटबाट नै पुलिस भर्नामा महिलाहरूलाई ५० प्रतिशत आरक्षण, आमा योजनामा धनराशिको वृद्धि, बहिनी योजनाको थप विस्तार, वात्सल्य योजना, दुई अनि तीन शिशु जन्मिए आर्थिक सहयोग गर्ने जस्ता पहल महिला सशक्तिकरणको दिशामा उठाइएका उल्लेख्य पहल भएको उनले विचार व्यक्त गरे।

एसकेएम पार्टीका प्रवक्ता एवं मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङले तृणमूल स्तरका जनता यो बजेटको सोझो भागीदार रहेको ठहर गरेका छन्। सिक्किमे जनताले प्रत्यक्ष अनि परोक्ष रूपमा यो बजेटमार्फत लाभ उठाउन सक्ने बताउँदै आत्मनिर्भर सिक्किम निर्माणको दिशामा यस बजेटमार्फत प्रसस्त पहल भएको छ भन्ने दावी गरे। यो बजेट पुँजीवादीहरूको हितमा छ भन्दै विपक्षीहरूले लगाएका आरोपको पूर्ण खण्डन गर्दै प्रवक्ता खालिङले पूर्व सरकारकालमा र वर्तमान सरकारकालमा बजेट बनाउने र यसलाई प्रस्तुत गर्ने कार्यमानै आकाश-पातालको भिन्नता भएको बताए।

पूर्व सरकारमाभन्दा एसकेएम सरकारकालमा अधिक ऋण ल्याएको छ भन्ने आरोपबारे प्रष्ट पार्दै प्रवक्ता खालिङले वैश्विक महामारीको समय केन्द्रद्वारा नै प्रदान गरिएका ऋणहरूका कारण एसकेएम सरकारले ऋण लिनुपरेको कुरा स्वीकार गर्दा तथापी पूर्व सरकारमा जति ऋण लिएको भनी आँकडा पेश गरिॅंदैछ त्यो गलत हो भन्ने ठहर गरे। पूर्व सरकारकालमा केवल ६३३५ करोड़ रुपियाँ ऋण ल्याइएको भनेर देखाइएको तथ्य पूर्ण रूपले गलत रहेको र यसमा अन्य कम्पिनाका लागि सरकारल ग्यारेण्टी बसेर लिइएको १० हजार करोडको ऋण नदेखाइएको भन्दै विपक्षीले जनतालाई भ्रामक आँकडा पेश गरिरहेको आरोप लगाए।

पूर्व सरकारले जस्तै कानूनलाई तोड़ेर, सिक्किमलाई बेचेर एसकेएम सरकारले ऋण लिएको छैन भन्ने जेकब खालिङको तर्क छ। वर्तमान सरकारले जीएसडीपीको मापदण्ड अनुसार ऋण ल्याइएको खालिङले प्रष्ट पारे। वैश्विक महामारीको संकटकालमा पनि राज्य सरकारले आर्थिक विकास दर स्थिर राख्न उल्लेख्य पहल गरेको उनले दावी गरे।

सिक्किमे जनताले १० वर्षअघि एसकेएम पार्टीलाई सरकार दिएको भए हाल राज्यमा रहेका जलविद्युत परियोजनाहरू सरप्लसमा चल्नेथियो भन्ने दाबी गरे। उनले त्यसताकका सरकारले अण्डर टेबल सेटलमेण्ट गरेर अनुभव नभएका कतिपय कम्पनीहरूलाई परियोजना सुम्पिएको आरोप पनि लगाए। तथापि, एनटीपीसी, एनएचपीसी जस्ता कम्पनीलाई ती परियोजनाहरू दिनु हो भने हाल सरप्लसमा चल्थ्यो भन्ने उनले किटान गरे।

हाल राज्य सरकार आयकर चुवाहट चेक गर्न लागिपरेको उल्लेख गर्दै टिस्टा ऊर्जाको करोड़ौं खर्च घटाएको अनि राज्य सरकार अधीनस्थ बन्द अवस्थामा रहेका स-साना पावर हाउसहरू पुनः सञ्चालनको दिशामा पहल गरिरहेको जानकारी गराए।

बजेटमार्फत यस वर्ष दोस्रो चरणमा ३१ हजार आमाहरूलाई आमा योजनामार्फत लाभान्वित गरिनेछ भने १५ हजार ५०० परिवारलाई जीसीआई सीट प्रदान गरिनेछ। यसरी नै ३१ हजार घऱ बढ़ोत्तरी, २५ करोड़ होम स्टेको निम्ति, स्किल युथ स्टार्टअपको निम्ति १० करोड़, ग्वालाहरूलाई दिइने प्रतिलिटर ८ रुपियँ प्रोत्साहन राशिको निम्ति १२ करोड़ ५० लाख आवण्टन गरिएको छ। योसँगै जनहितका विविध कार्यहरूको निम्ति बजेट आवण्टन गरिएको उनले जानकारी गराए।

पूर्व सरकारकालमा रिबिन काटिएकै योजनाहरूको वर्तमान सरकारले भुक्तानि गरिरहेको छ भन्दै पाकिम विमानस्थल, इक्फाई विश्वविद्यालय, नयाँ एसटीएनएम अस्पतालहरू यसको ज्वलन्त उदाहरण रहेको उनले प्रष्ट पारे। एसटीएनएम अस्पतालको पहिलो चरणको १९.७५ करोड़ अनि दोस्रो चरणको २५ करोड़ भुक्तान गर्न बजेटमा आवण्टन गरिएको खालिङले उल्लेख गर्दै यस्तो दूरदर्शी बजेटमाथि प्रश्न उठाउने विपक्षीहरूमाथि नैतिक अधिकार नरहेको उनले विचार पोखे।

30 करोड़को लागतमा निर्माण हुने तरुणदीप राई आर्चेरी इन्स्टिच्युटको निम्ति बजेट आवण्टन गरिएको उल्लेख गर्दै यो विश्वस्तरीय आर्चेरी एकाडेमी स्थापित गरिने जानकारी गराए।

अर्कोतिर, पूर्व सरकारकालमा २०० होइन केवल ५० जना मेधावी विद्यार्थीहरूलाई पढ़ाउने गरेको जानकारी गराउँदै प्रवक्ता खालिङले भण्डारी सरकारकालमा जङ्गुका ५ जना मेधावी विद्यार्थीहरूलाई प्रदान गरिने छात्रवृत्ति एसडीएफ सरकारकालमा उड़ाएको बताए। पूर्व सरकारकालमा छात्रवृत्तिमार्फत अध्ययनरत विद्यार्थीहरूको रकम पूर्ण रूपले भुक्तान नगरेको कारण विद्यार्थीहरू समस्यामा रहेको प्रवक्ता खालिङले बताए।

About Author

Advertisement