नयाँ दिल्लीः पश्चिम बंगालको शिक्षक भर्ती घोटालामा सोधपुछको निम्ति सीबीआईको नोटिस विरूद्ध तृणमूल कांग्रेस नेता अभिषेक ब्यानर्जी सुप्रीम कोर्ट पुगेका छन्। वरिष्ठ उकील अभिषेक मनु सिंघवील आज जस्टिस अनिरूद्ध बोसको अध्यक्षता रहेको अवकाशकालीन बेञ्च सामू मेन्शन गर्दै भने, अभिषेक ब्यानर्जी एक पल्ट पेश भईसकेका छन्, उनलाई प्रकाउ गर्नेपनि आशंका छ। कोर्टले यस मामिलामा २६ मईमा सुनवाईको आदेश दिएको छ।
गत साता कलकत्ता हाईकोर्टले अभिषेक ब्यानर्जीको याचिका खारेज गर्दै भनेको थियो, ब्यानर्जी सत्ताधारी दलका प्रमुख नेता हुन् र उनी जाँचदेखि भाग्नु हुँदैन। तरैपनि उनले जाँचको विरोध गरिरहेका छन्। उनलाई जाँचको माध्यमले आफूलाई निर्दोष प्रमाणित गर्नपर्नेछ। हाईकोर्टले सख्त टिप्पणी गर्दै भन्यो, राज्य पुलिसले अभिषेकको मद्दत गरिरहेको देखा पर्दछ। हाईकोर्टले सीबीआई र ईडीलाई अभिषेक ब्यानर्जी र कुन्तल घोषसित पश्चिम बंगाल शिक्षक भर्ती घोटाला मामिलामा सोधपुछ गर्ने निर्देश दियो। ब्यानर्जीले हाईकोर्टको यही आदेश विरूद्ध सुप्रिम कोर्टको ढोका ढकढकाएका छन्।
-हिस










