आदिवासी सेन्जेल अभियानअन्तर्गत विधाननगरमा राष्ट्रिय राजमार्ग ३१ अवरुद्ध

26ea3d58-3093-45e0-91fd-a874eec35ff7

सिलगढी: दार्जीलिङ जिल्ला समितिले आदिवासी सेन्जेल अभियानले आह्वान गरेको १२ घण्टाको बन्दको भागको रूपमा सिलगढीको विधान नगरमा राष्ट्रिय राजमार्ग ३१ अवरुद्ध गरेको छ। यस बंगला बन्दलाई सफल बनाउन सङ्गठनका आदिवासी कार्यकर्ताहरू आफ्नो परम्परागत बाजासहित सडकमा निस्किएका थिए । कुनै अप्रिय घटना हुन नदिन फाँसीदेवा पुलिस चौकीबाट बाक्लो पुलिस परिचालन गरिएको छ। राष्ट्रिय राजमार्ग ३१ मा पुलिस उच्च पदस्थ अधिकारीहरू उपस्थित थिए। दार्जिलिङ जिल्ला कमिटीका तर्फबाट रेणुका मड्डीले जनजातिविरुद्ध दिनहुँ जसरी अभियान चलाइँदैछ र हाम्रो अधिकार खोसिएको छ, त्यसको विरुद्धमा हाम्रो आन्दोलन भएको बताइन्। उनले हाम्रा माग पूरा नभए सशक्त आन्दोलनको आह्वान गरेका छन्।

About Author

Advertisement