निर्वाचित पदाधिकारीहरुले हाम्रो पार्टीको भिजनलाई घर घरमा पुर्याउने लिए संकल्प
दार्जीलिङ: पुलबजार बिजनबारी गोक समष्हाम्रो पार्टीको युवा शक्तिको गठन गरिएको छ। पुलबजार बिजनबारी गोक समष्टिमा आज हाम्रो युवा शक्ति समूहको सभा सम्पन्न भयो। मोहन सुब्बाको अध्यक्षतामा सम्पन्न भएको सभामा हाम्रो पार्टीको युवा शक्ति समूहको महकुमा को-अर्डिनेटर राब्गे राई विशेष रूपमा उपस्थित रहेका थिए। त्यसरी नै सह-संयोजक आशिष छेत्री, नोरा सुब्बा, राहुल छेत्री आदि उपस्थित रहेका थिए। त्यसै गरी समष्टिको युवा कार्यकर्ताहरू एंव समर्थकहरूको उपस्थिति रहेको थियो। सभामा गोक पुलबजार बिजनबारी समष्टिमा हाम्रो युवा शक्ति समूहलाई दह्रिलो बनाउन पुरानो कमिटि विघटन गरेर नयाँ कमिटिको चयन गरियो जसमा सर्वसहमतिद्वारा समष्टि अध्यक्ष नबीन सुब्बालाई चयन गरियो।

त्यसरी नै उपाध्यक्ष विजय लिम्बु, महासचिव दावा लेप्चा, सह-सचिव गजानन सुब्बा, कोषाध्यक्ष भीम सुब्बा, कार्यकारिणी सदस्यहरु क्रमैले पासाङ तामाङ, वीरेन राई, प्रदीप प्रधान, रोहन सुब्बा, राजेश सुब्बा, दिपेन छेत्री आदि चयन गरिएको छ। निर्वाचित पदाधिकारीहरूलाई शीर्ष नेतृत्वहरूको बाहुलीद्वारा प्रमाण पत्र प्रदान गरियो।निर्वाचित पदाधिकारीहरू लगायत उपस्थित सदस्यहरूले हाम्रो पार्टीको भिजन र पार्टी अध्यक्ष अजय एडवर्ड्सको इमान्दारितापनलाई घर घरमा पुरयाउने संकल्प लिएको जानकारी हाम्रो पार्टीको तर्फबाट प्रेस विज्ञप्ति जारी गरी बताएका छन्।










