अण्डर-१४ बोइज लीगः जेआर३२ फूटबल एकाडमीको जीत

IMG-20230522-WA0245.jpg

२२ मईः खरसाङ फूटबल एसोसिएशनको तत्त्वावधानमा आयोजित महकुमा स्तरीय अण्डर-१४ बोइज फूटबल लीगको आठौं म्याचमा पूर्व फूटबलर जितेन राईको प्रशिक्षणमा रहने जेआर३२ फूटबल एकाडमीले सजिलै जीत हासिल गऱ्यो । स्थानीय चानमारी खेल मैदानमा सोमवार भएको म्याचमा जेआर३२ फूटबल एकाडमीले हिमाली बोर्डिंग स्कूललाई ७-१-ले पराजित गऱ्यो। आजको म्याचमा मुख्य रेफरी नितेश देवान रहेका थिए। यसरी सहायकको रूपमा दुईजना महिला रेफरी शबनम राई अनि दावा डोमा भूटिया रहेकी थिइन्। फोर्थ अफिसियल सुरेन गुरुङ थिए। खरसाङ महकुमाबाट जम्मा ५ वटा टीमले लीगमा हिस्सा लिएको छ। यसमा हिल्स फूटबल एकाडमी, जेआर३२ फूटबल एकाडमी, हिमाली बोर्डिंग स्कूल, कार्मेल हाई स्कूल र पुष्परानी रोय मेमोरियल हाई स्कूल सामेल छ। लीगका सबै म्याचहरू स्थानीय चाँदमारी मैदानमा हुनेछ। मंगलवार खेलिने म्याचमा हिल्स फूटबल एकाडमी र कार्मेल हाई स्कूलबीच भिड़न्त हुनेछ । म्याच दिउँसो १.०० बजीदेखि शुरु हुनेछ।

About Author

Advertisement