गान्तोक। भारतीय जनता पार्टी संसदीय बोर्डले द्रोपदी मुर्मुलाई राष्ट्रपतिको उम्मेदवारकोरूपमा मनोनित गरेकोमा एसकेएम पार्टीले हार्दिक स्वागत जनाएको छ। मुर्मु पहिलो जनजाति महिला उम्मेद्वार हुन् जो वर्ष २०२२ को निम्ति राष्ट्रपतिकोरूपमा उम्मेद्वारिता दिएकोमा पार्टीले बधाई दिएको छ। वास्तवमा संसदीय बोर्डद्वारा लिएको यो निर्णयलाई पार्टीले महान बताउँदै एसकेएम पार्टी एनडीएको एक सहयोगी भएको कारण विनाशर्त समर्थन जनाउने बताएको छ। चुनाउमा अवश्य पनि मुर्मुको जीत हुन सक्ने कुरामा पार्टीले विश्वास राखेको मुख्यमन्त्री तामाङले बताएका छन्। देशका प्रधानमन्त्री, अध्यक्ष जेपी नड्डा, गृहमन्त्री अमित शाह र रक्षा मन्त्री राजनाथ सिंह प्रति यसरी एक जनजाति महिलालाई राष्ट्रपतिको उम्मेदावर बनाएकोमा मुख्यमन्त्री तामाङले कृतज्ञता प्रकट गरेका छन्।