कुचबिहार: कुचबिहार शाही कालको शताब्दी पुरानो श्री करुणामयी मन्दिरमा चोरीको घटनाले पुरै क्षेत्रमा सनसनी फैलाएको छ। घटना कुचबिहार नगरपालिकाको वार्ड नम्बर १५ को हो। सोमबार बिहान मन्दिर समितिका सदस्य मन्दिरमा आएपछि मन्दिरका सबै तालाहरू खुलेका थिए। समितिले पुलिसलाई खबर गरेपछि कुचबिहारको कोतवाली थानाको पुलिस घटनास्थल पुगेको थियो। पुलिसको प्रारम्भिक अनुसन्धानमा मन्दिरको कुल ९ वटा ताला फुटेको खुलेको छ। सुरुमा मन्दिरबाट करिब १०० ग्राम सुनका गरगहना चोरी भएको अनुमान गरिएको छ। पुलिसले सम्पूर्ण घटनाको अनुसन्धान सुरु गरेको छ।











