आजदेखि पेन डाउन, सरकार बन्यो सशक्त

00-1-Rajya-Samachar-3

कोलकाता: आज (सोमबार)देखि बक्यौता भत्ताको मागमा पेन डाउन शुरु हुनेभएको छ। सोमबारदेखि फेरि पेन डाउन शुरु हुने र एक–दुई दिनभित्र डीएको माग स्वीकार भए ठिक नभए यो पेन डाउन निरन्तर चल्ने डीए आन्दोलनकारीको भनाइ छ। यहाँ राज्य सरकार यस विषयमा निकै कडा बनेको छ, र सूचना जारी गर्दै कुनै पनि किसिमको बिदा लिएको खण्डमा सरकारी कर्मचारीको तलब कट्टा गरिने बताइएको छ। यसका साथै बिदा लिएका कर्मचारीलाई पनि सम्बन्धित विभागका प्रमुखबाट कारण देखाउ सूचना जारी गरिनेछ। राज्य सरकारले जारी गरेको विज्ञप्तिमा केही संघसंस्थाले आजदेखि पेन डाउन आह्वान गरेको उल्लेख छ। यस्तो अवस्थामा राज्य सरकारका सबै कर्मचारी कार्यालयमा आउन जरुरी छ। काम ठप्प भएकाले कार्यालय चलाउन र सर्वसाधारणलाई काम सम्पन्न गर्न गाह्रो हुने अवस्थामा कुनै कर्मचारीले काम नगरेको पाइएमा कडा कारबाही गर्न सकिनेछ। पहिलो हाफ वा दोस्रो हाफ वा पूरा दिन कुनै पनि दिन बिदा नदिने निर्णय भएको छ।

About Author

Advertisement