पेन्टोकमा पहिलो जिल्लास्तरीय सल्लाहकार समितिको सभा सम्पन्न

IMG-20220622-WA0163.jpg

गान्तोक। मंगन जिल्लाको पेन्टोकमा पहिलो जिल्लास्तरीय सल्लाहकार समितिको सभा जिल्लापाल कार्यालयमा सम्पन्न भयो। खाद्य सुरक्षा, स्वास्थ्य अनि परिवार कल्याण विभागको पहलमा आयोजित सभाको अध्यक्षता जिल्लापाल डा. एबी कार्कीले गरेका थिए। सो सभामा पुलिस अधिक्षक, सीएमओ लगायत लाइन विभागका अधिकारीवर्गको उपस्थिति रहेको थियो। सभालाई सम्बोधन गर्दै जिल्लापाल कार्कीले खाध्य सुरक्षा सबैको निम्ति महत्वपूर्ण विषय रहेको बताए। उनले खाध्य सुरक्षा विभागलाई हितधारक, दोकानदार, होटलर्स र जनतालाई लएर सचेतना कार्यक्रम आयोजना गरिनु पर्ने आग्रह गरे। सोही प्रकारले उनले जीपीयूस्तरीय र नगरपालिका स्तरमा एसओपी जारी गरिनु पर्ने निर्देश दिए। यसै क्रममा पुलिस अधिक्षक डा. छिरिङ ग्याछोले जनताले स्वच्छ खाध्य पाउनु पर्ने र यसको निम्ति समय समयमा निरीक्षण गरिनु पर्ने कुरा राखे। मंगन जिल्ला पर्यटकहरूको निम्ति एक प्रमुख स्थल भएको कारण यहाँ राखिने र बेचिने खाद्य राम्रो प्रकारको हुनु पर्ने विषयमा जोर दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement