गान्तोक। तादोङस्थित नर बहादुर भण्डारी डिग्री कलेज र ट्राभल्स एसोसिएशन अफ् सिक्किम (टास) को संयुक्त पहलमा आज सोही कलेज परिसरमा विभिन्न प्रजातिको विरूवा रोपन कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रममा लोकसभा सांसद इन्द्र हाङ सुब्बा, टासका अध्यक्ष सोनम नोर्गे लाचुङपा, कलेजका प्राचार्य डा. डी. पुरोहित लगायत अन्यहरूले पनि विरूवा रोपे। वर्तमान सरकारले राज्यको पर्यावरणलाई स्वच्छ बनाउनको निम्ति पहल शुरू गरेको बताए।विरूवा रोपन कार्यक्रममा विद्यार्थीहरूको पनि संलग्न अधिक पाएकोमा उनले खुशी प्रकट गर्दै आयोजक समितिलाई धन्यवाद दिए। यसै क्रममा महिद्यालयका प्राचार्य डा. डी. पुरोहितले यस कलेजलाई ग्रीन एण्ड क्लिन बनाउने उद्देश्य राखेर काम गरिरहेको बताए। यस कलेजलाई सांसद सुब्बाले सदैव सहयोग गर्दै आइरहेको र अझ धेरै विरूवा रोप्ने बताए। सोही क्रममा टासका अध्यक्ष सोनम नोर्गे लाचुङपाले यस कलेज परिसरमा विरूवा रोपनको निम्ति वन विभागले ५ सय भन्दा अधिक विरूवा प्रदान गरेकोमा धन्यवाद दिए। यसरी नै कलेजले विरूवा रोपनाको निम्ति स्थान उपलब्ध गराएकोमा आभार प्रकट गरे। हामी सबै मिलेर विरूवा रोप्नु पर्ने उनले आग्रह गरे।