गान्तोक। मल्ली चेकपोस्टबाट आज छिरिङ शेर्पा नामको एक ३५ वर्षीय राभाङला निवासीलाई प्रतिबन्धित नशालु पदार्थको साथमा पुलिसले पक्राउ गरेको छ।
पुलिस अनुसार, मंगलवार मल्ली चेकपोस्टमा आरोपित व्यक्तिलाई प्रतिबन्धित नशालु पदार्थको साथमा पक्राउ गरियो। पुलिसले आरोपित व्यक्तिले लगाएको जुत्ताबाट १५.३९ ग्राम संदिग्ध ब्राउन शुगर बरामद गरेको छ। उक्त पदार्थ छवटा सानो सानो पोका बनाएर राखिएको थियो।
पुलिसले आरोपित विरूद्ध एनडीपीएस अधिनियम १९८५ अन्तर्गत मामिला दर्ता गरेको छ।