केन्द्रीय मन्त्री पुरूषोत्तम रूपालाले दार्जीलिङ अनि कालेबुङ जिल्लामा पशुहरूमा गाँठेदार त्वचा रोग (एलएसडी)-को बढ्दो मामिलाको रिपोर्टमाथि त्वरित कार्वाहीको निम्ति दिए निर्देश

IMG-20230521-WA0342.jpg

गान्तोक(पीआईबी)। मत्स्य, पशुधन तथा डेयरी मन्त्रालय अन्तर्गत पशुधन एवं डेयरी विभागले पश्चिम बंगालको दार्जीलिङ अनि कालेबुङ जिल्लाका गाई-भैंसीहरूमा देखिएको गाँठेदार त्वचा रोग (एलएसडी)-को संदिग्ध मामिलाहरूको रिपोर्टमाथि त्वरित कार्वाही गर्दै स्थानीय पशुपालकहरूको समस्यालाई समाधानको गर्ने दिशामा पहल गरेको छ।
एफएएचडीका केन्द्रिय क्याबिनेट मन्त्री पुरूषोत्तम रूपालाले पश्चिम बंगालको कालेबुङ अनि दार्जीलिङ जिल्लामा गाँठेदार त्वचा रोग (एलएसडी)को बढ्दो मामिलाको रिपोर्टमाथि चिन्ता व्यक्त गर्दै दार्जीलिङका सांसद राजू विष्टद्वारा गरिएको पत्राचारमाथि त्वरित कार्वाही गर्ने निर्देश दिएका छन्।
पशुपालन तथा डेयरी विभाग, भारत सरकारले त्वरित प्रतिक्रिया दिँदै एएचडीको राज्य तथा जिल्ला अधिकारीहरूका साथ निकट समन्वयमा तक्निकी तथा वित्तीय सहायता प्रदान गर्नको निम्ति सबै आवश्यक कदम उठाएको छ।
क्षेत्रीय स्तरमा जाँच गर्दा अहिलेसम्म एलएसडीको कारण दार्जीलिङ र कालेबुङमा कुनै पशुधनको नोक्सान भने भएको छैन। दार्जीलिङ जिल्लाका लगभग ४०० अनि कालेबुङबाट लगभग २००० गैर-टीकाकृत पशुधनमा उक्त रोगको संक्रमण देखा परेको थियो जसमा क्रमशः २०० अनि १२०० को संख्यामा पशुधन निको भइसकेका छन्। संक्रमित अन्य पशुधनको उपचारका साथै प्रभावित क्षेत्रहरूमा रोगको संक्रमण फैलिनबाट रोक्नको निम्ति चौतर्फी टीकाकरण अभियान चलिरहेको छ। दुवै जिल्लाका भेड़ा-बाख्राहरूमा एलएसडीको कुनै रोपिर्ट आएको छैन भने अधिकतम रूपमा संक्रमण गैर-टीकाकृत पशुधनमा देखिएको छ। यद्यपि, स्थिति नियन्त्रणमा रहेको छ।
विभागले निम्न अनुसार रोगको नियन्त्रण हेतु विभिन्न उपायहरू कार्यान्वयन गरिरहेको छ।
निगरानी विभागले अघिबाट नै निकासी योजनाको माध्यमबाट निगरानी गर्ने रणनीति तयार गरिसकेको छ अनि सबै राज्यहरूमा पर्चालित गरिएको छ। नैदानिक सुविधाहरू यस क्षेत्रमा सहजैसित उपलब्ध रहेको छ भने क्षेत्रीय रोग निदान प्रयोगशाला (आरडीडीएल), कोलकाताको एलएसडीको पीसीआर परीक्षणको माध्यमबाट पशुधनको निगरानीको निम्ति अधिकृत तथा वित्तीय रूपले समर्थित गरिएको छ अनि यसको सूचना राज्य सरकारलाई पनि दिइसकेको छ।
टीकाकरण कार्यक्रम: राज्यहरूलाई नियमित रूपले नियन्त्रित तथा निवारक रणनीति अनुसार टीकाकरण गर्ने सुझाउ दिइएको छ। खोपको खरीदको लागि एक समान दरको बारेमा राज्यलाई सूचित गरिएको छ। एएससीएडी अन्तर्गत पश्चिम बंगालसहित राज्यहरूलाई ६०:४० हिस्सेदारिताका साथ वित्तीय सहायता प्रदान गरिएको छ।
कालेबुङ तथा दार्जीलिङमा आरडीडीएल अधिकारीहरूको भ्रमण : प्रभावित क्षेत्रको आँकलन गर्न हेतु जमीनी स्थिति अनि निश्चित समय सीमामा एलएसडीको नियन्त्रण अनि रोकथामको लागि राज्य एएचडीलाई सहयोग गर्नको निम्ति पूर्वोत्तर क्षेत्रीय रोग निदान प्रयोगशाला (एनईआरडीडीएल), गुवाहाटी अनि पूर्वी क्षेत्रीय रोग निदान प्रयोगशाला (ईआरडीडीएल), कोलकाताका एक-एक अधिकारीहरू रहेको केन्द्रीय टोलीको गठन गरिएको छ।
पशुपालन तथा डेयरी विभागले देशमा एलएसडीलाई समयमा नियन्त्रण अनि रोकथामको निम्ति वित्तीय तथा तक्नीकी सहायतासहित सबै आवश्यक कदम उठाइरहेको छ। जबकि, क्षेत्रीय कार्यान्वयनको अधिकार राज्य सरकारसित रहेको छ किनकि पशुपालन राज्यको विषय पर्दछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement