चोङराङका २५ वटा स्कूलहरूलाई आवश्यक सामग्री प्रदान

IMG-20230521-WA0340.jpg

गान्तोक: गेजिङ बर्मेक जिल्ला अन्तर्गत चोङराङ खण्ड प्रशासनिक केन्द्रको पहलमा २५ वटा स्कूलहरूलाई आवश्यक सामग्री प्रदान गरियो। विशेष गरेर स्कूललाई चाहिने आवश्यक सामग्रीहरू जस्तै ६ वटा जेरक्स मशिन, १५५ वटा इलेक्ट्रोनिक्स ट्याब्स, ५ वटा एलसीडी प्रोजेक्टर्स र ६ वटा कम्प्यूटर चोराङ खण्ड प्रशासनिक केन्द्रमा सञ्चालित २५ वटा स्कूलहरूलाई प्रदान गरियो। यस अवसरमा गेजिङ जिल्लाकी जिल्लापाल हिस्से डी. योङदा, धर्म विभागका सल्लाहकार आरएस भोटिया लगायत विभिन्न विभागका अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै जिल्लापाल हिस्से डी. योङदाले आज प्रदान गरिएको सामग्री एनइसी कोषद्वारा पछौटे गाउँलाई माथि उठाउने उद्देश्य रहेको छ। यस प्रकारको आवश्यक सामग्री चोराङ र कर्जी गाउँका स्कूलहरूलाई प्रदान गरिने योजना रहेको उनले बताइन्। उनले स्कूलका बालबालिकालाई विभिन्न कुरा सिक्नमा यस सामग्रीले सहयोग पुग्ने र समयसापेक्ष जानकारी गराउने उद्देश्यले वितरण गरिँदै आएको सामग्रीको जिम्मेवारीपूर्वक सदुपयोग गर्न विद्यालयका प्रधानाध्यापक र शिक्षकलाई आग्रह गरिन् । सावधानीपूर्वक उपकरणहरू सञ्चालन गर्नाले यी उपकरणहरू धेरै दिनसम्म चल्ने उनले बताइन्। यसै क्रममा जिल्लापालले चोराङमा निर्माण गरिएको फेसिलिटेसन सेन्टरको पनि निरीक्षण गरिन्। उनले खण्ड विकास अधिकारीहरूलाई भीडियो कन्फ्रेन्स गर्नको निम्ति आइटी स्टुडियोको पनि निर्माण गर्नुपर्ने निर्देश दिएकी छन्।

.

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement