मनसुन तयारीलाई लिएर सोरेङ जिल्लापालको अध्यक्षतामा सभा सम्पन्न

IMG-20230521-WA0339.jpg

गान्तोक: मनसुन तयारीलाई लिएर आज सोरेङ जिल्लाका जिल्लापाल भीम ठटालको अध्यक्षतामा एक सभा सम्पन्न भयो। सोरेङ वरिष्ठ माध्यमिक विद्यालयको प्रेक्षागृहमा सम्पन्न भएको सभामा जिल्ला अध्यक्ष देवी गुरूङ, अतिरिक्त जिल्लापाल लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। सभालाई सम्बोधन गर्दै जिल्लापाल भीम ठटालले आजको सभा आयोजना गरिनुको औचित्यबारे विस्तृतरूपमा जानकारी गराए। उनले जिल्ला आपदा प्रबन्धन प्राधिकरण गठनको आवश्यकता र यसको कार्यप्रणालीकोबारेमा अवगत गराए। उनले कुनै पनि घटनाको पहिलो र तत्काल जवाफ दिने भएकाले आफ्नो भूमिका र दायित्वबारे राम्ररी सचेत हुनुपर्ने जानकारी गराए। जिल्लापालले सबैलाई स्वैच्छिक र सक्रिय रूपमा पहिलो प्रतिक्रियाकर्ताको रूपमा आफ्नो भूमिका खेल्न आग्रह गर्दै आफ्नो व्यक्तिगत सुरक्षालाई पनि ध्यानमा राखनुपर्ने सुझाउ दिए।

बैठकमा विभागका अधिकारी तथा अन्य निजी निकायले प्राकृतिक पूर्वतयारी योजना र केही चुनौतीलगायतका गतिविधिकाबारेमा संक्षिप्त प्रतिवेदन प्रस्तुत गरेका थिए। सभामा अधिकारीहरू र सरोकारवालाहरू बीचको फलदायी अन्तरक्रिया पनि भएको थिय, जसमा विभिन्न सरोकारवालाहरूको गुनासोहरू गहनरूपमा छलफल गरियो।

प्रतिवेदनहरूको समीक्षा गरेपछि अध्यक्षले सर्वप्रथम कार्यालय प्रमुखलाई विपद् आइपर्दा त्यसबाट बाँच्ने क्षमताको विश्लेषण गर्न निर्देशन दिएका छन्। उनले प्रत्येक विभागको स्रोतको पहिचान सहित विपद् व्यवस्थापन योजनाको मस्यौदा तयार गर्न थप निर्देशन दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement