कमेरे गाउँमा बायोग्यास र प्रशोधित जैविक मलको उत्पादन शुरु

IMG-20230521-WA0334.jpg

गान्तोक: स्थानीय गौपालक किसानहरूलाई दिगो र अतिरिक्त आय आर्जनमा सहयोग गर्ने उद्देश्यले सिक्किम कोपरेटिभ मिल्क प्रड्यूसर्स यूनियन लिमिटेडले नेशन डेयरी डेभलपमेन्ट बोर्ड (एनडीडीबी) सित सहकार्य गर्दै कमेरे गाउँमा बायोग्यास र प्रशोधित जैविक मलको उत्पादन शुरु गरेको छ। यसको निम्ति मिल्क यूनियनले कमरे गाउँ क्लस्टरमा एनडीडीबी-को सहयोगमा मल व्यवस्थापन परियोजना लागु गरेको छ। यस परियोजनाअन्तर्गत सिक्किम मिल्कका १२० जना डेकी किसानलाई छनौट गरी बायोग्यास प्लान्ट प्रदान गरिनेछ। यी दुग्ध कृषक घरपरिवारले प्लान्टबाट उत्पादित बायोगैसलाई आफ्नो खाना पकाउने उर्जाको आवश्यकता पूरा गर्न र उत्पादन हुने बायो-स्लरीलाई आफ्नो कृषि क्षेत्रमा प्रयोग गर्न सक्नेछन्।

यस आयोजनाको निम्ति यसै साता कामेरे गाउँमा स्लरी प्रशोधन प्लान्टको ट्रायल रन सम्पन्न गरिएको थियो। यस ट्रायल रनलाई एनडीडीबी-का पर्यवेक्षण एनडीडीबी-का अधिकारीहरूले गरेका थिए जसमा प्रवन्धकद्वय विनय पटेल र केबी प्रताप रहेका थिए। यसरी नै सिक्किम मिल्कका रुट सुपरभाइजर जीपी भट्टराई साथै अन्य अधिकारीहरूको साथमा कमेरे गाउँको मिल्क प्रड्यूसर्स कोपरेटिभ लिमिटेडका सदस्यहरूको पनि विशेष उपस्थिति रहेको थियो।

यसको साथै यस परियोजनाको कार्यान्वयनलाई लिएर हिजो एनडीडीबी र सिक्किम मिल्कका सम्बन्धित अधिकारीहरूले एउटा सभा गरेर वभिन्न पक्षमा गहन चर्चा परिचर्चा गरेका थिए। सभालाई पशुपालन विभागका सचिव तथा सिक्किम मिल्कका प्रवन्धन निर्देशक डा. पी सेन्थिल कुमारले अध्यक्षता गरेका थिए। सभाले यस परियोजनाका सबै १२० लाभार्थी परिवारलाई सहकारी समिति भित्र सङ्गठित गर्ने निर्णय लिइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement