दाह संस्कार गर्ने स्थानसम्म पूग्ने बाटोको खनन कार्य शुरू।

IMG-20230521-WA0265.jpg

इसाई र बौद्व धर्म लम्वीहरूले अजय एडवाडर्सको सुस्वास्थ्यको निम्ति गर्यो प्रार्थना

दार्जीलिङ: दाह संस्कार गर्ने स्थानसम्म बाटोको खनन कार्य शुरूगरियो।अप्पर दलेपमा दाह संस्कार गर्ने स्थानसम्म पूग्ने बाटोको अवस्था अति नै सोचनीय भएकोले स्थानीय इसाई समुदाय र बौद्व धर्मावलम्वीहरूले बाटोको निर्माण कार्यको निम्ति धेरै महानुभावहरू समक्ष सहयोगको गुहार लगाएका थिए तर उनीहरूको गुहारलाई कसैले पत्तो दिएन। यसैक्रममा हाम्रो पार्टी अध्यक्ष अजय एडवडर्स समक्ष स्थानीय इसाई समुदाय र बौद्व धर्मावलम्वीहरूले सहयोगको गुहार लगाउँदा उनले एक वचनमा बाटोको खनन कार्यको निम्ति जेसीपी पठाई दिएका छन्। आजदेखि नै बाटोको खनन कार्य शुरू गरिएको छ। आजदेखि शुरू भएको खनन कार्यको कार्यक्रममा हाम्रो पार्टीको केन्द्रीय कमिटि सदस्य असिम देवान उपस्थित रहेका थिए। दलेपमा दाह संस्कार गर्ने स्थानसम्म पूग्न एंव दाह संस्कार कार्यको निम्ति जमीन दान गर्ने मोक्तान परिवारको सदस्यहरू पनि उपस्थित थिए। खनन कार्य आरम्भ गर्न अधि इसाई धम्वी र बौद्व धर्म लम्वीहरूले हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सको सुस्वास्थ्य र प्रगति एंव उन्नतिको निम्ति प्रार्थना पनि गरयो।यस अवधि स्थानीय मानिसहरूको अपार घुइचो लागेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement