साकाल देवानले बताए गलत नेतृत्वहरूको पछि लाग्दा हामीले दुःख पाएका हौ

IMG-20230521-WA0176.jpg

दार्जीलिङ: गलत नेतृत्वको पछि लाग्दा हामीले दु:ख पाई रहेका छौ।यो मन्तव्य हाम्रो पार्टीको लेबुङ बदमताम समष्टि संयोजक साकाल देवानले पोखेको हो। गींग चिया बगानको काफेबारी डिभिजनमा हाम्रो पार्टीको सांगठनिक सभा सम्पन्न भएको थियो। आयोजित सभामा पार्टी केन्द्रीय अध्यक्ष अजय एडवडर्स विशेष रूपमा उपस्थित रहेका थिए। त्यसरी नै समष्टि संयोजक साकाल देवान लगायत अन्य केन्द्रीय नेतृत्वहरूको उपस्थिति रहेको थियो। सभालाई सम्बोधन गर्ने क्रममा समष्टि संयोजक साकाल देवानले अधि भने हाम्रो पार्टीले आफ्नो गठनकालदेखि नै जनताको राजको कुरा गर्दै आएको हो तर असली जनताको राज पंचायती ब्यवस्थाले ल्याउन सक्छ। राज्यमा पंचायत चूनावको कुरा चल्दैछ,राज्यको अन्य क्षेत्रहरू लगायत दार्जीलिङ पार्वतीय क्षेत्रहरूमा पनि पंचायत चूनाव हुने तय भई सकेका छन।त्यसकारण पहाडमा जनताको राज ल्याउन लाई तपाई हामी सवै एकबद्व हुन पर्छ संयोजक देवानले भने। पहाडमा चूनाच भए सभासदहरूको कुनै भूमिका हुदैन, तपाईहरूले आफ्नो राम्रो भन्दा राम्रो जन प्रतिनिधि चयन गर्नु होस, त्यसपछि तपाईहरूलाई के के चाहिन्छ त्यो सवै पूरा हुनेछ। पंचायती ब्यवस्थामा ग्रामिण क्षेत्रहरूमा विकाश मूल फुटाउने २९ वटा सूचीहरू रहेको छ, ती सूचीको आधारमा तपाईहरूलाई पिउने पानीको ब्यवस्था, बाटोको ब्यवस्था, विजुली बतीको ब्यवस्था, स्वास्थ्य केन्द्रको ब्यवस्था आदि जस्ता विषयहरू रहेको छ। पंचायती ब्यवस्था एंव पंचायत चूनावको कुरा चल्दैछ तपाई हामीले राम्रो, इमान्दार,जनहितमा काम गर्ने नेतृत्व चयन गर्न पर्छ देवानले भने। तिनले अझ भने हामीले दुख पाउनुको मुख्यकारण इमान्दार नेतृत्व पाउन नसक्दा हो।हामी पहाडको सवै क्षेत्रहरूमा जान्दैछौ, अजय एडवाडर्सले आफ्नो गोजीको पैसा खर्च गरेर धेरै विकाशको कार्यहरू गर्दै आई रहेका छन, भोलीको दिनमा उनलाई क्षमतामा ल्याउन सक्यौ भने अझ धेर विकाशको कार्यहरू गर्न सक्छ यसमा कुनै संदेह छैन संयोजक देवानले भने। कमिशन थाप्दै गाडी किन्ने, विल्डिङ किन्नेहरूको पछि पर्नु हुदैन हामीले अझ धेर दुख पाउँने छौ। पहाडमा हामी स्वच्छ परिबेश बनाउने दिशामा लागि परेका छौ, भोलीको दिनमा हामी एउटै परिवार भएर अधि बडौ, हाम्रो जाति र समाजको निम्ति अझ धेर काम गरौ, अब हुने पंचायत चूनावमा तपाई हामी एकबद्व भएर राम्रो प्रतिनिधि चयन गर्न सक्नू पर्छ साकाल देवानले भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement