पासाङ लामालाई भेट्न समर्थकहरूको होड़

IMG-20220622-WA0154.jpg

कालचिनी। तृणमूलका पूर्व कालचिनी ब्लक सभापति पासाङ लामा १३४ दिनको जेल सजाय काटेर गत २० जुनको साँझ जमानत पाएर घर फर्कने क्रममा तिनलाई समर्थकहरूले भव्य स्वागत जनाएको थियो भने जेलबाट जमानतमा निस्किएको पासाङ लामालाई भेट्न अहिले प्रत्येक दिन तिनको घरमा समर्थकहरुको भीड़ जमेको देखिएको छ। जेलबाट आएपछि पासाङ लामाले आफू पदले नभए तापनि दिदी र सांसद अभिषेक ब्यानर्जीको अनुप्रेरणालाई मनमा खिलेर जनताको सेवा गरिरहने बताएका छन् यद्यपि तिनले दलको निम्ति यत्रो खटदा पनि दललाई आफूले के सेवा दिन नसकेर हो कि झुटो मामिलामा फसाएर जेल काटनु पऱ्यो भनि दुखेसो पनि व्यक्त गरेका छन्। यता धेरै समर्थकहरूले पासाङ लामालाई गरीब मानिसहरूले मन पराएको र तिनले जनताको हरेक दुखमा साथ दिएकोले नै आज तिनलाई भेट्न पार्टीको स्वार्थमा नभएर केवल समाजसेवी पासाङ लामाको रुपमा सम्मान दिन भेट्न पुगेको जनाएका छन्। पासाङ लामाले दलको लागि धेरै गरेको तर तिनलाई विरोधी वा अपराधीलाई भन्दा निक्रिष्ट तरीकामा कानुनी मुद्दा हालेर जेल पठाएको घटनाले धेरै तृणमूल समर्थकहरूमा उदासिनता छाएको कतिपय समर्थकहरूले जनाएका छन्।
एकदना ब्लक सभापतिको पद भएको व्यक्तिलाई दलीय तरीकामा सोकज गर्न सक्थ्यो तर तिनी विरुद्ध सरकारी अधिकारीले दिएको आरोपमा यसरी अचानक अपराधिक मामिला दिएर जेलमा हाल्नु उचित नभएको धेरै तृणमूल समर्थकहरूले बताएका छन्। यता पासाङ लामाले दल गर्ने नगर्ने बारेमा अहिले नै केही बताउन नचाहेता पनि आफू जननेत्री ममता ब्यानर्जी र महासचिव अभिषेक ब्यानर्जीको साधारण सैनिक भएर काम गर्दै आइरहेको र भविष्यसम्म सैनिकको हैसियतमा बसेर साधारण मानिसहरूको सेवा सकेसम्म गर्ने जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement