न्यु होप सामाजिक संस्थाद्वारा सफाई अभियान

IMG_20230521_215411.jpg

मिरिक: मिरिक बस्तीको सामाजिक संस्था न्यू होपका सदस्यहरूले आफ्नो गाँउलाई आफै सफा राखौ भन्ने नाराको साथमा आज आइतबार व्यापक सर-सफाई अभियान चलाए। यस अवसरमा न्यू होप संगठनका सदस्यहरूले स्थानीय सडक लगायत नाला, झोडा लगायत सार्वजनिक स्थलहरूको पनि साफ-सफाई गरे।आजको सफाई अभियान अवधि फालिएको मैला फोहोर अनि प्लास्टिकहरूलाई संग्रह गरेर सुरक्षित स्थानमा तह लगाउँने कार्य गरिएको जानकारी गराएका छन्। यसको साथै यस्ता सफाई कार्य संस्थाको पक्षबाट लगातार जारी राखेर आफ्नो क्षेत्रलाई सँधै सफा राख्ने कुरा संस्थाका पदाधिकारीहरूले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement