नाबालिगसित दुष्कर्म गर्ने आरोपी पक्राउ

IMG-20230408-WA0112.jpg

नक्सलबारी: नाबालिगसित दुष्कर्म गरेको आरोपमा पुलिसले एकजना व्यक्तिलाई पक्राउ गरेको घटना नक्सलबारी ब्लकको हात्तीघिसा इलाकामा घटेको हो।यस घटनामा पक्रा परेका आरोपी कार्तिक राय हात्तीघिसा निवासी हुन्। प्राप्त जानकारी अनुसार गत दुईवर्षदेखि कार्तिक रायले नाबालिगलाई कीर्तनको नाममा सँगै लिएर जान्थे। तिनले केही दिन अघि नाबालिगसित दुष्कर्म गरेको आरोप रहेको छ। यस घटना पछि नाबालिग गर्भवती भइन् अनि यसपछि तिनको स्थिति बिग्रिएपछि घरका मानिसहरूले यसबारे जानकारी पाए। यसपछि नाबालिगको परिवार पक्षले शनिवार राति आरोपी विरूद्ध थानामा लिखित अभियोग दर्ता गरे। यसपछि जाँचमा जुटेको नक्सलबारी पुलिसले आरोपीलाई दक्षिण दिनाजपुरबाट पक्राउ गरेको बताइको छ। आरोपीलाई आज सिलगढी महकुमा अदालतमा पेश गयो। नाबालिगको परिवार पक्षले लगाएको आरोप अनुसार आरोपीले पहिला पनि यस प्रकारको कार्य गरिसकेका थिए। आरोपीलाई कडाभन्दा कडा सजाय दिने मांग परिवार पक्षले गरेको छ।

About Author

Advertisement