कालचिनीः आइतबार अन्तर्राष्ट्रिय चिया दिवस पालन गर्ने क्रममा कालचिनीस्थित आरएसपी कार्यालयको कमरेड गोपाल मैत्र भवनमा आरएसपीले चिया श्रमिकहरूको अधिकार विषयक संगोष्ठी गर्दै अन्तर्राष्ट्रिय चिया दिवस मनाएको आरएसपी नेता पूर्णमान राईले जनाएका छन्।
कार्यक्रमको अध्यक्षता पूर्व सांसद तथा वरिष्ठ वामपन्थी नेता मनोहर तिर्कीले गरेको थियो भने आरएसपीका वरिष्ठ नेतृत्वहरू पूर्व विधायक निर्मल दास, वरिष्ठ आरएसपी नेता जोन फिलीप खाल्को र गोपाल प्रधानले चिया श्रमिकहरूको हितमा न्युनतम रोज, राम्रो आवास र उचित स्वास्थ्य सेवा विषयमा कुरा उठान गरेको थियो। उक्त अवसरमा विभिन्न ठाउँहरूबाट प्रायः १५० भन्दा आरएसपीका प्रतिनिधिहरूले अंशग्रहण गरेको थियो।