भागोप्रमोको पूर्व नेतृत्वहरूले समाए हाम्रो पार्टीको झण्डा

IMG-20230521-WA0253.jpg

मैले जे जति विकासको कार्यहरू गर्दैछु तोस रोटी बेचेको पैसाले गर्दैछु: अजय एडवर्ड

दार्जीलिङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको पूर्व नेतृत्वहरूले हाम्रो पार्टीको झण्डा समाएका छन्। यसै क्रममा आज सदर १ समष्टि अन्तर्गत पर्ने सिंगताम चिया बगानको मोटा धूरा जोरोकका भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको पूर्व नेतृत्वहरूले हाम्रो पार्टीको झण्डा समाएका छन्। दार्जिलिङको नेरू रोडस्थित हाम्रो पार्टीको केन्द्रीय अध्यक्ष अजय एडवर्डको निजी बासस्थानमा मोटा धूरा जोरोकको भागोप्रमोको पूर्व को-अर्डिनेटर प्रमोद राई, अशोक राई, मारिया राई, धिरज राई, सागर गुरूङ आदि समर्थकहरूले हाम्रो पार्टीमाथि आस्था र भरोसा राख्दै पार्टीको झण्डा समाएका छन्।पार्टी अध्यक्ष अजय एडवाडर्स र क्षेत्रीय सभासद प्रतिम सुब्बाको बाहुलीद्वारा पार्टीको झण्डा सुम्पिएका छन्। पार्टी अध्यक्ष अजय एडवाडर्सले समर्थकहरूलाई पार्टीमा न्यानो स्वागत जनाउँदै तपाई हामी सबै एकबद्व भएर जाति र समाज हितको पक्षमा काम गर्नुपर्छ भनी आह्वान् गरेका छन्।
उनले भने, हाम्रो पार्टी एक राजनैतिक पार्टी हो। तर हाम्रो पार्टी भनेको जाति र समाजको निर्माण गर्ने पार्टी हो। हाम्रो पार्टीले गोर्खालाई वीर मात्र होइन तर गोर्खाको पीर पनि नजिकबाट हेरेको छ। चुनाव आउँछ जान्छ तर हाम्रो पार्टी केवल चुनावको निम्ति मात्र जन्मेको पार्टी होइन। आन्दोलनमा जन्मेको पार्टी पनि होइन। जनताको सेवा गर्दै हाम्रो पार्टीको जन्म भएको हो। हाम्रो पार्टीलाई जनताले बुझ्दै आउँदैछ। सबैले बुझ्न केही समय लाग्न सक्छ। तर एक दिन हाम्रो पार्टीको भिजन पहाड तराई डुवर्स साथै देशको कुना काप्चाहरूमा बसोबासो गर्ने समस्त गोर्खा जातिले बुझ्नेछ यसमा कुनै प्रकारको सन्देह छैन। उनले अघि भने, हामी हाम्रो सेवा कार्यलाई निरन्तरता दिनेछौं। हामी सत्तामा छैनौं तर पनि हामीले पहाडको कुना काप्चाहरूमा बाटो खन्ने कामहरू गरेको गरेका छौं। एजवर्डले अझ भने, तपाईहरूलाई म विश्वास दिलाउनु चाहान्छु कि जातिसंग गद्दार गर्ने छुइन। भष्ट्रचार गर्ने छुइन। हामी दैनिक रूपमा नयाँ नयाँ बाटोहरू खन्ने कामहरू गर्दै आईरहेका छौं। समाजहरूको निर्माण, गरीब बिमारीहरूको उपचार, गरीब विद्यार्थीहरूलाई शिक्षाको व्यवस्था आदि जस्ता कार्यहरू गर्दै आईरहेका छौं अनि यो सबै हामीले ग्लेनेरिज तोस रोटी दोकानबाट संग्रह भएको रूपियाँ पैसाबाट गर्दै आईरहेका छौं।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement