धर्मतला जाऔँ बारे तयारी सभा

IMG-20220622-WA0153.jpg

कालचिनी। आगामी २१ जुलाईको दिन दलबलको साथमा कलकत्ता धर्मतला जाने बारेमा आज अलिपुरद्वार नगरपालिकाको प्रेक्षागृहमा तृणमूलको जिल्ला स्तरीय तयारी सभा सम्पन्न भएको जानकारी तृणमूल अलिपुरद्वार जिल्ला सभापति प्रकासचीक बडाईकले दिएका छन्। आज अलिपुरद्वार नगरपालिकाको प्रेक्षागृहमा सम्पन्न सो तयारी तथा प्रस्तुति सभामा तृणमूल अलिपुरद्वार जिल्ला नेतृत्वहरूको उपस्थिति रहेको थियो भने सभामा कलकत्ता जाँदा रेल र अन्य वाहनहरूको व्यवस्थाबारेमा चर्चा चलेको बताईएको छ।
आज उक्त सभामा जेडीए चेयरम्यान गङ्गाप्रसाद शर्मा, डीपीएससी चेयरम्यान परितोष बर्मन, अलिपुरद्वार नगरपालिका चेयरम्यान बाबलु कर, आईएनटीटीयूसी अलिपुरद्वार जिल्ला सभापति विनोद मिञ्ज, जिल्ला नेतृत्व भाष्कर मजुमदार औ कल्याण नेतृत्वहरूको उपस्थिति रहेको थियो। आगामी २१ जुलाईको दिन कलकत्तामा शहीद श्रद्धाञ्जली दिवस साथै ठूलो दलीय समावेश हुने भएकोले अलिपुरद्वार जिल्लाबाट प्रायः रेकर्ड संख्यामा सो शहीद दिवसमा सहभागी बन्ने तृणमूल अलिपुरद्वार जिल्ला सभापति प्रकासचीक बडाईकले दाबी गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement