इसाई कल्याण ट्रस्ट तीनधारेको आयोजनामा रागेरुङ चियाबारीमा क्रिस्टियन विवाह विषयमा सचेतना कार्यक्रम सम्पन्न

IMG-20220516-WA0188.jpg

खरसाङ: इसाई कल्याण ट्रस्ट तीनधारेको आयोजनामा दार्जिलिङको रागेरुङ चियाबारीस्थित एजी चर्चामा क्रिस्टियन लिगल मेरिज विषयमा सचेतना कार्यक्रम सम्पन्न भएको छ। रागेरुङ एची चर्चको सहभागितामा सम्पन्न उक्त कार्यक्रममा क्रिश्चियन विवाहलाई कसरी कानुनी रुपमा सम्पन्न गर्न सकिन्छ भन्ने विषयमा सचेतना गरिएको छ। उक्त कार्यक्रममा मुख्य वक्ताको रुपमा तीनधारेका एल्डर मसीह प्रकाश मोक्तान र दार्जिलिङ कोर्टबाट अधिवक्ता जीवन एचएल राई उपस्थित रहेका थिए। दुवैले उपस्थित क्रिस्टियन अगुवाहरूलाई क्रिस्टियन विवाह र यसको कानुनी प्रारुप विषयमा सचेतना गराउँदै जानकारी गराएका थिए। कार्यक्रममा स्वागत सम्भाषण अनि सञ्चालन एची चर्च रागेरुङका पास्टर रुबेन गुरुङले राखेका थिए भने शुरुको प्रार्थना तीनधारे इसाई कल्याण ट्रस्ट तीनधारेको सभापति पास्टर अञ्जय तामाङले गरेका थिए। कार्यक्रममा गायक प्रज्वल रामतेलले गीत प्रस्तुत गरेका थिए। कार्यक्रमको पहिलो सत्रमा क्रिस्टियन विवाह विषयमा तीनधारे सन्त जोहन चर्चको एल्डर मसीह प्रकाश मोक्तानले बाईबलबाट आफ्नो वक्तव्य राख्दै क्रिश्चियन विवाह विषयमा सचेतना गराएका थिए। उनले क्रिस्टियन विवाहको लागि सम्झौता गर्नु नहुने नत्र मण्डली प्रतापी हुँदैन भनी बताए। एल्डर मोक्तानले मण्डलीमा हुने इसाई विवाह साटाक सुटुक गर्नु नहुने तर भारतीय कानुन अनुसार नै हुनुपर्छ अनि विवाह पवित्र हुनुपर्छ साथै जतिसक्दो हामीले मिलाउने कुरा नै गर्नुपर्छ भनी बताएका छन्। त्यसरी नै दोस्रो सत्रमा विभिन्न क्षेत्रहरूबाट आएका प्रतिनिधिहरूलाई सम्बोधन गर्दै दार्जिलिङ कोर्टको अधिवक्ता जीवन एचएल राईले क्रिस्टियन विवाह कानुन पहिला ब्रिटिशकालमा नै साल १८७२ मा बनिएर पारित गरिएको बताउँदै आज पनि त्यही नियम लागु भनी बताए। उनले बताए अनुसार यो एक्टको ४ नम्बर धारा अनुसार क्रिस्टियन विवाह गर्दा बिहान ६ बजेदेखि बेलुकी ७ बजेसम्म विवाह हुनसक्छ भनी बताएका छन्। उनले क्रिस्टियनहरूको विवाह कोर्टमा हुँदैन कारण क्रिस्टियनहरूको विवाह कोर्टको कुनै अधिकारीले दिनु सक्दैन। विवाह दिने व्यक्ति क्रिस्टियन हुनुपर्छ र एकजना पास्टर पनि कमसेकम बाईबलीय थियोलजिकल पास भएको छ भने मात्रै विवाह दिन सक्ने लाईसेन्स पाउने बताएका छन्। उनले हामी क्रिस्टियन विवाहको लागि मेलमिलाप गराउन सहयोग गरौं भन्दै एउटै मण्डलीको छोरा छोरी विवाह हुँदैन भनी गलत सन्देश गएको छ र यसलाई सुधार गर्न आवश्यक छ भनी बताएका छन्। कार्यक्रममा क्रिश्चियन विवाह विषयमा प्यानल डिस्कसन पनि राखिएको थियो जसमा मानिसहरूले राखेका प्रश्न र जिज्ञासाहरूलाई अधिवक्ता जीवन एचएल राईले उत्तर दिएका थिए। यस कार्यक्रम विषयमा पत्रकारहरूसित कुराकानी गर्दै रागेरुङ एजी चर्चको पास्टर रुबेन गुरुङले विस्तृत जानकारी गराएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *