कार्बी आङलङ (असम): आज पश्चिम कार्बी आङलङ जिल्लाअन्तर्गत हवाइपुर दुर्गा मान्डव प्राङ्गणमा असम नेपाली साहित्य सभा पश्चिम कार्बी आङलङ जिल्ला समितिको आठौं कार्यकारिणी सभा सम्पन्न भयो। असम नेपाली साहित्य सभा पश्चिम कार्बी आङलङ जिल्ला समितिका सभापति लीला उपाध्यायले सभाको उदेश्य ब्याख्या तथा सांगठनिक गतिविधि बारे विस्तृत जानकारी दिएl असम नेपाली साहित्य सभा पश्चिम कार्बी आङलङ जिल्ला समितिका मूलसचिव गणेश छेत्रीले सभामा अनेसास केन्द्रीय सल्लाहकार डम्बर दाहाल उपसभापति रमाकान्त पौडेल अनेसास पश्चिम कार्बी आङलङ जिल्ला समितिका कार्यकारी सभापति सुन्दर गिरी उपसभापति दुर्गा दाहाल,राजु कार्की अनेसास पश्चिम कार्बी आङलङ जिल्ला महिला प्रकोष्ठकी कार्यकारी सभानेत्री श्रीमती विनिता छेत्री उपसभानेत्री श्रीमती मनुमाया देवी मूलसचिवा श्रीमती ललिता लामा जिल्ला तथा महिला प्रकोष्ठका पदाधिकारगण सदस्य, सदस्या, आजीवन सदस्य, सदस्या अनेसास विश्वनाथ जिल्ला समितिका सदस्य तथा कवि भुवन अधिकारीले आफ्नो स्वरचित नेपाली, माराठी हिन्दी, असमीया आदि विभिन्न भाषामा कविता वाचन गरे।
आजको सभामा केन्द्रीय सल्लाहकार डम्बर दाहाल उपसभापति रमाकान्त पौडेले स्वर्ण जयन्ती वर्ष उपलक्ष्य मानवग्रर्न्थ, साहित्यक पुस्तक प्रकाशन गर्ने बारे वक्तव्य राखे। आजको आठौं कार्यकारिणी सभाले आउँदो अंग्रेजी जुलाई महिनाको पहिलो हप्तामा अनेसास पश्चिम कार्बी आङलङ जिल्ला समितिको छैठौं त्रैवार्षिक साधारण अधिवेशन गर्ने निर्णय लिएको छl त्यसैले आउँदो जुन् महिनाको दोस्रो हप्ताह भित्र अनेसास केन्द्रीय समितिको उद्योग र अनेसास पश्चिम कार्बी आङलङ जिल्ला समितिको सहयोगमा बहुभाषिक कविगोष्ठी शुद्ध लेख्न कार्यशाला अनुस्ठित गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। सभापति लीला उपाध्यायले आफ्नो स्वरचित कविता वाचन गरेर सभापतिले वक्तव्य प्रस्तुत गरे भने मूलसचिव गणेश छेत्रीले कृतज्ञता ज्ञापन गरे।