आईपीएल २०२३:क्यामरन ग्रीनको शतकले मुम्बई इण्डियन्स ८ विकेटले विजयी

IMG-20230521-WA0318.jpg

२१ मईः इण्डियन प्रीमियर लीग (आईपीएल) २०२३-को ६९औं म्याचमा पाँचपल्टको च्याम्पियन मुम्बई इण्डियन्सले सनराइजर्स हैदराबादलाई ८ विकेटले पराजित गऱ्यो। यस जीतको साथै मुम्बई इण्डियन्स १४ वटा म्याचमा १६ पोइण्ट्सको साथ आईपीएल टेबलको चौथो स्थानमा पुग्यो। अब रोहित शर्माको कप्तानीमा रहने टीमले रोयल च्यालेञ्जर्स बेंगलोर र गुजरात टाइटन्सबीच खेलिने दिनको दोस्रो म्याचको परिणाममाथि नजर राख्नु पर्नेछ। यसबीच सनराइजर्सले १४ वटा म्याचमा केवल ८ पोइण्ट्सको साथ फेदमा रहेर सत्रको समापन गऱ्यो। मुम्बईको वानखेड़े स्टेडियममा आज टस हारेर पहिला ब्याटिंग गर्दै सनराइजर्सले २० ओभरमा ५ विकेट गुमाएर २०० रन बनायो। ओपनर मयंक अग्रवालले ८ वटा चौका र ४ वटा छक्काको साथ ४६ बलमा सर्वाधिक ८३ रन बनाए। यसबाहेक विव्रान्त शर्माले ९ वटा चौका र २ वटा छक्काको साथ ४७ बलमा ६९ रन बनाए। मुम्बईका बलरहरूमा आकाश माधवालले सर्वाधिक ४ विकेट लिए। जवाफमा मुम्बई इण्डियन्सले १८ ओभरमा २ विकेट गुमाएर २०१ रनको लक्ष्यलाई हासिल गऱ्यो। क्यामरन ग्रीनले ८ वटा छक्का र ८ वटा चौकाको साथ ४७ बलमा अविजित १०० रन बनाए। यसरी कप्तान रोहित शर्माले ८ वटा चौका र एउटा छक्काको साथ ३७ बलमा ५६ रन बनाए। सूर्यकुमार यादव २५ रनमा अविजित रहे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement