तृणमूल कंग्रेसको २५ परिवारहरूले समाए हाम्रो पार्टीको झण्डा

IMG-20230521-WA0191.jpg

दार्जीलिङ: हाम्रो पार्टीमा समर्थन जनाउँनेहरूको ओइरो लागेको छ। आज तृणमूल कांग्रेसको २५ परिवारले हाम्रो पार्टीको झण्डा समाएका छन्।
चुङथुङ मेरीबुङ समष्टि अन्तर्गत लोवर चुङथुङको तृणमूल कंग्रेसको २५ परिवारहरू लगायत अन्य पार्टीको समर्थकहरू आज हाम्रो पार्टीमा सामेल भएका छन। शहरको नेरू रोडस्थित पार्टीको केन्द्रीय अध्यक्ष अजय एडवाडर्सको निजी बासस्थानमा आज हाम्रो पार्टीको एक सभा सम्पन्न भयो। सभामा पार्टी अध्यक्ष अजय एडवाडर्स विशेष रूपमा उपस्थित रहेका थिए। त्यसरी नै महकुमा समति अध्यक्ष पुरण तामाङ, चुङथुङ मेरीबुङ तामसाङ समष्टि अध्यक्ष सत्येन घले उर्फ घले साहेब, सचिव विशाल दर्नाल, प्रवक्ता अदीप तामाङ र भाष्कर गिरी आदि उपस्थित थिए। हाम्रो पार्टीमा समर्थन जनाउनेहरू सबैलाई हाम्रो पार्टीको अध्यक्ष अजय एडवर्डले पार्टीको झण्डाहरू प्रदान गरेर पार्टीमा स्वागत जनाएका थिए। समर्थकहरूलाई सम्बोधन गर्ने क्रममा हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले भने, हाम्रो पार्टी एक राजनैतिक दल हुनको साथ साथै एउटा परिवार पनि हो। कुनै पनि ठाउँमा कसैलाई कुनै प्रकारको असुविधा एंव गाह्रो परेको खण्डमा उसलाई सहयोग पूराउन हाम्रो पार्टी त्यहाँ पुगेको हुन्छ। त्यस ठाउँमा एकैजना व्यक्ति नै किन नहोस् तर हाम्रो जन सेवाको कार्य जारी रहनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement