नयाँ दिल्ली: देशको सर्वोच्च कार्यालय अर्थात् राष्ट्रपतिको लागि १८ जुलाईमा मतदान हुँदैछ। यशवन्त सिन्हालाई विपक्षी दलले उम्मेदवार बनाएको छ भने भाजपाले उड़ीसाका आदिवासी महिला नेता र झारखण्डका पूर्व राज्यपाल द्रौपदी मुर्मुलाई उम्मेदवार बनाएको छ। एनडीएकी उम्मेद्वार द्रौपदी मुर्मुले २४ जूनमा उम्मेदवारी दर्ता गर्नेछिन्। त्यसै समयमा एनसीपीका प्रमुख शरद पवारका अनुसार विपक्षी उम्मेदवार यशवन्त सिन्हाले २७ जूनमा उम्मेदवारी दर्ता गर्नेछन्। राष्ट्रपतिको चुनाव १८ जुलाईमा हुनेछ। मतगणना जुलाई २१ मा हुनेछ। नामांकनको प्रक्रिया शुरु भएको छ। २९ जून अन्तिम मिति रहेको छ।
६४ वर्षिया ओडिशाकी द्रौपदी मुर्मु यसअघि झारखण्डको पहिलो महिला आदिवासी गभर्नर भइसकेकी छिन्। भाजपाका अध्यक्ष जेपी नड्डाले मङ्गलबार भाजपाको मुख्यालयमा भएको संसदीय बोर्ड बैठक पछि मुर्मुको नाम घोषणा गरे अनि यस पटक पार्टी नेताहरू बीच राष्ट्रपति उम्मेदवारका लागि २० वटा नामहरू छलफल भएको बताए। जसमा यो पटक चुनावका लागि पूर्वी भारतबाट महिला र जनजातिबाट कोही न कोही हुने निर्णय भएको थियो। यदि द्रौपदी मुर्मुले यो चुनाव जिते भने उनी राष्ट्रपति बन्ने पहिलो आदिवासी महिला हुनेछिन्। उनीअघि नीलम सञ्जीव रेड्डी देशको सबैभन्दा कान्छो राष्ट्रपति थिइन्। यसअघि विपक्षी दलले यशवन्त सिन्हालाई राष्ट्रपतिको उम्मेदवार घोषणा गरेको थियो।
उनलाई राष्ट्रपतिको उम्मेदवार बनाएपछि धेरै नेताहरुले उनलाई शुभकामना दिएका छन्। प्रधानमन्त्री मोदीले पनि ट्विट गर्दै भनेका छन्, ‘मलाई विश्वास छ द्रौपदी मुर्मु हाम्रो देशको महान् राष्ट्रपति हुनेछिन्। द्रौपदी मुर्मुले आफ्नो जीवन समाजको सेवा र गरिब, विपन्न र सीमान्तकृत मानिसहरूलाई सशक्तिकरण गर्न समर्पित गरेकी छिन्। यसै क्रममा बिहारका मुख्यमन्त्री नितिश कुमारले झारखण्डका पूर्व राज्यपाल द्रौपदी मुर्मुलाई राष्ट्रपतिको उम्मेदवार बनाएकोमा खुशी व्यक्त गरेका छन्। उनले यसका लागि प्रधानमन्त्री मोदीलाई धन्यवाद समेत दिएका छन्। उनले ट्विट गर्दै भने, ‘द्रौपदी मुर्मुलाई राष्ट्रपतिको उम्मेदवार बनाएर खुशी लागेको छ। द्रौपदी मुर्मु एक आदिवासी महिला हुन्। देशको सर्वोच्च पदमा आदिवासी जनजाति महिलाको मनोनयन हुनु निकै खुशीको कुरा होl’ उनले अर्को ट्वीटमा भने, ‘द्रौपदी मुर्मु ओरिसा सरकारमा मन्त्री र त्यसपछि झारखण्डको गभर्नर भइन्। हिजो प्रधानमन्त्री मोदीले बोल्दै द्रौपदी मुर्मुलाई राष्ट्रपतिको उम्मेदवार बनाएको जानकारी दिएका थिए । यसका लागि प्रधानमन्त्री मोदीलाई पनि हार्दिक धन्यवाद ।