दार्जीलिङ: गोर्खा जातिलाई मनभित्रबाट माया गर्ने मदन तामाङ जस्तो नेतृत्व तपाईले हामीलाई दिनु भयो यसको लागि धन्यबाद भन्दै हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले ईश्वर समक्ष प्रार्थना गरेका छन्। आज २१ मईको दिन नै गत २०१० मा शहरको क्लब साइडमा गोर्खालीग नेता मदन तामाङको निर्मम हत्या भएको थियो। आज हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स शहरको क्लब साइटस्थित मदन तामाङको सालिगमा पुगेर श्रध्दाञ्जली अर्पण गरेका थिए। उनीसँग हाम्रो पार्टी केन्द्रीय कमिटि सदस्य एंव सभासद प्रतिम सुब्बा, नगरपाषर्दिका पेमिला दोर्जी भोटिया, फिन्जो गुरूङ, केन्द्रीय कमिटिको प्रमुख सल्लाकार राजु सुब्बा, युवा शक्ति समूहको को-अर्डिनेटर राप्गे राई आदि उपस्थित थिए। मदन तामाङको सालिगमा खदा चढाएपछि हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले ईश्वर समक्ष प्रार्थना गर्दै भने, यस क्षेत्रमा तपाईले मदन तामाङ जस्तो नेताको जन्म गरिदिनु भयो। मदन तामाङले आफ्नो मनभित्रबाट जातिलाई माया गर्नु हुन्थ्यो,मदन तामाङलाई तपाईले छोटो समय दिनु भएता पनि यसको निम्ति धन्यवादी छौं।घरको बाउ नहुँदा कति दुःख कष्ट हुन्छ,यो उनकी धर्म पत्नी भारती तामाङ अनि उनको परिवारहरूलाई थाहाँ छ। ईश्वर तपाईले उनीहरूलाई सहन गर्ने क्षमता प्रदान गर्नु होस् अनि तपाई उनको परिवारहरूलाई अविलम्ब न्याय पनि दिनु होस्। उनीहरूले न्याय पाउनुमा धेरै विलम्ब भईसक्यो तर हामी तपाई ईश्वरमाथि संधै भरोसा राख्छौं र प्रार्थना गर्दछौं। एडवर्डले अघि भने, मदन तामाङको गोर्खा जातिप्रतिको सोचदेखि हामी सबै प्रभावित भएका छौं। उनको सोचलाई अनुशरण गरेर हामीले अघि बढ़्ने अठोट गर्दै आईरहेका छौं। मदन तामाङको सोचलाई हाम्रो युवा भाइ बहिनीहरूले पनि अनुशरण गर्दै आईरहेका छन्।’