क्रामाकपाद्वारा मदन तामाङलाई श्रध्दाञ्जली अर्पण

photocollage_2023521194921205.jpg

मदन तामाङले सत्यको लागि शिर कटाए तर शिर झुकाएनन्: अरूण घतानी

दार्जिलिङ: आज क्रामाकपा केन्द्रीय कमिटीद्वारा शहीद मदन तामाङको १३औँ पुण्य तिथिका अवसरमा श्रद्धाञ्जलि चढाएका छन्। यस अवसरमा क्रामाकपा टोलीले दार्जिलिङको क्लब साइडमा रहेको स्व मदन तामाङको सालिगमा गएर सबैले श्रध्दाञ्जली अर्पण गरेका छन्। उक्त श्रध्दाञ्जली कार्यक्रमपछि पत्रकारहरूसित कुराकानी गर्दै क्रामाकपाको पक्षमा अरूण घतानीले आजकै दिन २१ मई २०१० मा स्व मदन तामाङको हत्या गरिएको थियो। यस दिनलाई दार्जिलिङको इतिहासमा हामीले कालो दिनको रूपमा पालन गर्ने गर्छौं भनी बताएका छन्। उनले अखिल भारतीय गोर्खा लिगका अध्यक्ष स्व मदन तामाङ दार्जिलिङका वरिष्ठ नेता, गोर्खाल्याण्डको अग्रज नेता, गणतन्त्रका पक्षधर थिए भनी बताएका छन्। अरूण घतानीले मदन तामाङको पुण्यतिथि पालन गरिएको विषयमा पत्रकारहरूसित कुराकानी गर्दै भने, स्व मदन तामाङको हत्या यही स्थानमा भएको थियो। तर बिडम्बनाको कुरा यो छ कि हत्या भएको १३ वर्ष बितेर गए पनि अहिलेसम्म मुख्य आरोपी पक्रा परेको छैन। १३ वर्ष बितिसक्दा पनि यस मुद्दाले पार पाएको छैन। मदन तामाङले सत्य बोल्नु र गणतन्त्रको लागि शिर कटाए तर शिर झुकाएनन्।’
अरूण घतानीले अझ भने, मदन तामाङ गोर्खाहरूका जनप्रिय नेता थिए। उनलाई पहाड़को गाँधी पनि भन्ने गर्छौं। तर उनको हत्याको आरोपी अझसम्म पक्रा परेको छैन। क्रामाकपा चाहान्छ कि मदन तामाङको मुद्दाले पार पाउनुपर्छ अनि परिवारले न्याय पाउनुपर्छ। हामी क्रामाकपाको टोली मदन तामाङको सालिगमा आएर श्रध्दाञ्जली अर्पण गरेका छौं।’

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *