रेल कर्मचारीको झुण्डिएको शव उद्धार

dbb58074-3982-4af1-b95c-7bff345e66df

सिलगढी: फाँसीदेवाको जलास निजामतारा क्षेत्रमा झुण्डिएको अवस्थामा एक युवकको शव फेला परेपछि क्षेत्रमा सनसनी फैलिएको छ । मृतक रेलवे विभागमा गेटम्यानको काम गर्दथे । जलस निजामतारा क्षेत्रको मदरबक्स गाउँको घटना हो । मृत्यु हुनेमा रोमान्सिस मिन्ज (३१) रहेको छ। आइतबार बिहान आफन्तले फोन नआएपछि आफन्तले ढोका तोडेर कोठामा युवक झुण्डिएको अवस्थामा फेला पारेका थिए । तत्कालै उनलाई फाँसीदेवा ग्रामीण अस्पताल पुऱ्याइए पनि त्यहाँका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। खबर पाएलगत्तै फाँसीदेवा पुलिस चौकी घटनास्थल पुगेको थियो। शव बरामद गरी पोस्टमार्टमका लागि उत्तर बङ्गाल मेडिकल कलेज र अस्पताल पठाइएको छ। पारिवारिक स्रोतका अनुसार मृतक रेल विभागमा गेटम्यानको काम गर्दथे। पुलिसले सम्पूर्ण घटनाको अनुसन्धान सुरु गरेको छ।

About Author

Advertisement