आईएससीमा उत्कृष्ट अंक ल्याउने कोचिङ सेन्टरका विद्यार्थीहरूलाई सम्मान

IMG-20230521-WA0282.jpg

खरसाङ: यसपालीको बाह्रौ श्रेणीको आईएससी परीक्षामा उत्कृष्ट अंक ल्याएर उत्तीर्ण भएका अब्बल विद्यार्थीहरूलाई खरसाङको मेरिडियन कोचिङ इन्स्टीट्युटद्वारा सम्मान जनाइएको छ। उक्त कोचिङ सेन्टरले आफ्नो पहिलो ब्याजको विद्यार्थीहरूलाई सम्मान जनाएका छन्। विशेष गरी यसपाली आईएससी परीक्षामा विभिन्न विषयहरूमा उत्कृष्ट अंक ल्याएर उत्तीर्ण भएका अब्बल विद्यार्थीहरूलाई खुशीसाथ सम्मान जनाइएको छ। यस अवसरमा मेरिडियन कोचिङ सेन्टर खरसाङको शिक्षकद्वय निपेन्द्र गुरुङ र अभिजित गुप्ताद्वारा आफ्नो कोचिङ सेन्टरको विद्यार्थीहरूलाई उत्कृष्ट अंक ल्याएर उत्तीर्ण भएकोमा सम्मान जनाएका छन्। उक्त कोचिङ सेन्टरको विद्यार्थीहरूले यसपालीको बाह्रौं श्रेणीको आईएससी परीक्षामा विभिन्न विषयहरू जस्तै – गणितमा ९२, भौतिक विज्ञानमा ९९, जीव विज्ञानमा ९८, रसायन विज्ञानमा ९३, राजनीति शास्त्रमा ९२, अर्थशास्त्रमा ९१, इतिहासमा ८६, भूगोलमा ९८ जति उत्कृष्ट अंकहरू प्राप्त गरेका छन्। यसरी मेरिडियन कोचिङ सेन्टरको प्रथम ब्याजका विद्यार्थीहरूले यसरी उत्कृष्ट अंक ल्याएर अब्बल दर्जामा उत्तीर्ण भएकोमा खुशी व्यक्त गर्दै बधाई तथा शुभकामनासहित सबैलाई सम्मान जनाइएको जानकारी प्राप्त भएको छ।

About Author

Advertisement