भागोप्रमो लगायत अन्य दलहरूबाट १६० परिवारले समाए हाम्रो पार्टीको झण्डा

IMG-20230521-WA0175.jpg

चिया श्रमिकहरूलाई समस्याबाट निजात दिलाउन तपाई हामी एकबद्व हौ: एडवडर्स

दार्जीलिङ: चिया श्रमिकहरूले भोग्दै आएको चपेटबाट तपाई हामी एक भएर समाधान दिलाउँने दिशामा काम गरौ भन्दै श्रमिक नेतृत्वहरूलाई हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले स्वागत जनाए। गींग चिया बगानको काफेबारी डिभिजनमा हाम्रो पार्टीको सांगाठनिक सभा सम्पन्न भयो।आयोजित सभामा पार्टी केन्द्रीय अध्यक्ष अजय एडवडर्स विशेष रूपमा उपस्थित रहेका थिए। त्यसरी नै पार्टी केन्द्रीय उपाध्यक्ष रोवर्ड छेत्री, प्रतीम सुब्बा, गोपाल परियार, दार्जीलिङ महकुमा समिति अध्यक्ष पूरण तामाङ, लेबुङ बदमताम समष्टिको हाम्रो पार्टी संयोजक साकाल देवान, सह संयोजक ललित राई, युवा शक्ति समष्टि अध्यक्ष अनिल राई,सचिव किरण आदि उपस्थित थिए। आयोजित सांगाठनिक सभामा लेबुङ बदमताम समष्टिको भागोप्रमो युवा एकाई उपाध्यक्ष प्रणय तामाङ, भागोप्रमो श्रमिक श्रमिक संगठनको गीग चिया बगान क्षेत्रको महासचिव रोशन तामाङ लगायत लोवर गींग चिया बगानको काफेबारी डिभिजन अन्तर्गत पर्ने सिरूबारी, काफेबारी, ६ नम्बर, हनुमान डाँडा, पाम डाँडा आदि क्षेत्रहरूका भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा लगायत अन्य राजनैतिक दलका कमसेकम १६० परिवारहरूले हाम्रो पार्टीमाथि आस्था र भरोसा राख्दै पार्टीको झण्डा समाए। समर्थन जनाउँनेहरूमा स्थानीय श्रमिक नेतृत्वहरू पनि सामेल थिए। श्रमिक नेतृत्वहरूलाई पार्टीमा स्वागत जनाउने क्रममा हाम्रो पार्टी अध्यक्ष अजय एडवडर्सले चिया बगानहरूमा कार्यरत श्रमिकहरूको अवस्था अति नै सोचनीय छ, तपाईहरूले श्रमिकहरूको हितमा जो कार्यहरू गर्दै आउनु हुदैछ त्यो अति नै प्रशंसानीय रहेको छ। तपाई हामी एकबद्व भएर श्रमिकहरूलाई न्याय दिलाउँ भन्दै पार्टीको झण्डा सोम्पिए।आयोजित सांगठनिक सभालाई सम्बोधन गर्ने क्रममा हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले अधि भने आज हाम्रो पार्टीमा समर्थन जनाउँनेहरूमा पहाडको सत्ता पक्षबाट पनि आउनु भएको छ, सत्ता पक्षले जे जति गर्न सक्छ त्यो हाम्रो पार्टीले गर्न सक्दैन तर पनि तपाईहरूले पहाड र जातिको पक्षमा तपाईहरूले लिनु भएको निर्णयप्रति आभारी रहेको तिनले बताए। तपाईहरूले हाम्रो पार्टी र म माथि राख्नु भएको विश्वासलाई तोडने छुइने,जबसम्म मेरो श्वास छ जाति, समाज र क्षेत्रको निर्माण गर्ने दिशामा काम गर्ने छौ अध्यक्ष एडवाडर्सले भने।तिनले अझ भने हामीले सेवा कार्य गरेको २५, ३० बर्ष भएछ हाम्रो सेवा कार्य यतिकै निरन्तर रूपमा जारी रहनेछ। कुनै पनि सेवा कार्यहरू राजनैतिक दलमा हुदा मात्र धेर प्रचार प्रसार हुन्छ तर आफु राजनीति मैदानमा ओर्लिन भन्दा अधिदेखि नै आफुहरूले सेवा कार्यहरू गर्दै आएको अध्यक्ष एडवाडर्सले दोहोराए। तिनले अधि भने म ईश्वरलाई धन्यबाद दिन्छु आज पानी परी रहेको छ तर पनि तपाईले हामीलाई जोडने सुअवसर दिनु भएको छ।

About Author

Advertisement