लङ्भ्यु प्लेन लाईन ग्राम समाजद्वारा सर सफाई कार्यक्रम

IMG-20230521-WA0184.jpg

खरसाङ: खरसाङ खण्ड अन्तर्गत लङ्भ्यु प्लेन लाईन ग्राम समाजद्वारा गाउँ समाजको भवन, बाटो सर सफाई अभियान गरिएको छ। लङ्भ्यु प्लेन लाइन समाजको समापति सुनिल तामाङ, सचिव बिरेन्द्र छेत्री साथै अन्यहरू मिलेर समाज भवन साथै बाटो सर सफाई गरिएको जानकारी प्राप्त भएको छ। समाजको सभापति सचिव लगायत जिना लामा, दिपमाला योञ्जन, दिपिका लामा, सृजना घिसिङ, अनिता डुम्जन, रेश्मी लामा, सचिन घिसिङ आदिको टोलीले गाउँ सुन्दर बनाउने उद्देश्य राखेर समाज घर साथै बाटोको सर सफाई गरिएको छ।

यस सर सफाई विषयमा लङ्भ्यु प्लेन लाईन ग्राम समाजको सह सचिव सचिन घिसिङले लङ्भ्यु प्लेन लाईन ग्राम समाजको आयोजनामा आज समाज घर र बाटो सर सफाई अभियान गरिएको छ र विशेष गरी आज आईतबार भएको कारणले यसरी सर सफाई गरिएको बताए। उनले यो सर सफाई कार्यमा समाजका सबैजना लागि परेर सर सफाई गरिएको जानकारी गराएका छन्।

About Author

Advertisement