२३ मईमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मुख्यमन्त्री ममता ब्यानर्जीलाई भेट्ने सम्भावना

00-1-Arvind-Kejriwal-CM-Delhi-Mamta-Banerjee-CM-WB

कोलकाता: दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल २३ मईमा मुख्यमन्त्री ममता ब्यानर्जीलाई भेट्न कोलकाता आउन सक्नेछन्। यसअघि आज बिहारका मुख्यमन्त्री नितिश कुमारले फेरि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालसँग भेट गरेका छन्। दुई मुख्यमन्त्रीबीच एक महिनामा यो दोस्रो भेट हो। यसअघि दुवैको भेट १२ अप्रेलमा भएको थियो। बिहारका उपमुख्यमन्त्री तथा आरजेडी प्रमुख लालुप्रसाद यादवका छोरा तेजस्वी यादव पनि नितिश कुमारको साथमा थिए। नितिश कुमारले सरुवा पोस्टिङसम्बन्धी केन्द्र सरकारको अध्यादेशलाई संविधानविपरीत बताए। अर्कोतर्फ केजरीवालले भने, ‘यदि केन्द्र सरकारले राज्यसभामा यो अध्यादेश ल्याएर कानून बनाउँछ भने विपक्षी दलहरुले हामीलाई साथ दिनुपर्छ। यदि विपक्षीहरू एकसाथ छन् भने, भाजपा २०२४ को लोकसभा चुनावमा समाप्त हुनेछl’

यो बैठक यसकारण पनि महत्त्वपूर्ण छ, किनभने कांग्रेसले २० मईमा कर्नाटकमा हुने सरकारको शपथ ग्रहण समारोहमा नितिश कुमारलाई निम्तो दिएको थियो, तर केजरीवाललाई निम्तो दिएको थिएन। सन् २०२४ को लोकसभा चुनावअघि विपक्षी दलहरूलाई एउटै मंचमा ल्याउन नितिश कुमारले विभिन्न दलका नेताहरूसँग भेटघाट गरिरहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement