निशुल्क आँखा तथा स्वास्थ्य शिविरको आयोजना

IMG-20230521-WA0162.jpg

सिलगढी: रवीन्द्र जयन्तीको अवसरमा चम्पासरी शताब्दी भाई संघले भारत सेवावर्ती महासंघको सहयोगमा नि:शुल्क आँखा तथा स्वास्थ्य जाँच शिविरको आयोजना गरेको छ। यससँगै शिविरमा बालबालिकाको स्वास्थ्य परीक्षणको पनि व्यवस्था गरिएको छ। आइतबार चम्पासरी शताब्दी भाइ संघ भवनमा स्वास्थ्य शिविर आयोजना गरिएको थियो। शिविरमा सेवा आँखा अस्पताल, कोलकाताका डाक्टर मुकुल विश्वास र रामकृष्ण रोयको उपस्थिति थियो। शिविरमा उपस्थित चिकित्सकहरुले उक्त क्षेत्रका बासिन्दाको आँखा र स्वास्थ्य परिक्षण गरी आवश्यक औषधि उपलब्ध गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement