खरसाङ: ईभान फाउन्डेसनले आयोजना गरेको ओपन फुटबल खेलको फाइनल खेल खरसाङको शेर्पा बस्ती बनाम मिक्स अप बोइसमाझ भएको थियो। यसमा मिक्स अप बोइस ४ गोले विजय बनेको छ। ईभान फाउन्डेसनले विगतका वर्षहरुमा पनि नारीहरूलाई लिएर लातेभगुण्डो प्रतियोगिता आयोजना गरिएको थियो।
यस खेलामा भवेश सुब्बाले स्वर्गीय पिता देव कुमार सुब्बा, श्याम शेर्पाले आफ्नो स्वर्गीय पिता छिरिङ शेर्पा, रोशनी अनि देविका प्रधानले आफ्नो स्वर्गीय आमा चन्द्र माया प्रधानको स्मृतिमा पारितोषिक प्रदान गरेका थिए। यसरी नै ललित प्रधान, अनित थापा अनि राजिव प्रधानले सहयोग गरेका थिए भनी बताएका छन्। विशिष्ट अतिथिको रुपमा खरसाङ पार्वतीय खेलकुद संघका अध्यक्ष मोहन योजन अनि मुख्य अतिथि नगरपालिका उपाध्यक्ष सुवास प्रधान, धुर्व प्रधान, प्रणाम रसाइली, प्रशान्त प्रधान रहेका थिए। विजेता टिमलाई ३० हजार अनि उपविजेता टिमले २० हजारको नगदराशि अनि पारितोषिक प्रदान गरिएको जानकारी प्राप्त भएको छ।