२१ मईः इटालियन सेरि ए फूटबलमा गत सीजनको च्याम्पियन एसी मिलानले ठूलो अन्तरले जीत हासिल गऱ्यो। शनिवार राति खेलिएको म्याचमा एसी मिलानले सेम्पडोरियालाई ५-१-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्ड सान सिरोमा ६३ प्रतिशत पोजेशनको साथ खेल्ने एसी मिलानबाट अनुभवी फरवर्ड ओलिविअर गिरोडले ह्याट्रिक गरे। उनले २३औं, २९औं (पेनल्टी) र ६८औं मिनटमा गोल गरे। यसरी नै राफाएल लिएओले नवौं र ब्राहिम डिआजले ६३औं मिनटमा गोल गरे। सेम्पडोरियाबाट फेबिओ क्वाग्लिएरेल्लाले २०औं मिनटमा गोल गरे। यस जीतको साथै एसी मिलान ३६ वटा म्याचमा ६४ पोइण्ट्सको साथ सेरि ए टेबलको पाँचौं स्थानमा कायम रह्यो। अहिले टीमसँग शीर्ष तीनमा स्थान बनाउने मौका पनि रहेको छ कारण तेस्रो र चौथो स्थानमा रहने इण्टर मिलान र लाजियोसँग अहिले एसी मिलानभन्दा क्रमशः १ र २ पोइण्ट मात्र अधिक रहेको छ। यसरी नै अटलाण्टाले भेरोना विरुद्ध ३-१-ले जीत हासिल गऱ्यो। अन्य म्याचहरूमा बोलोग्नाले क्रेमोनिसलाई ५-१-ले अनि मोञ्जाले सासुओलोलाई २-१-ले पराजित गऱ्यो। अटलाण्टा अहिले ६१ पोइण्ट्सको साथ छैटौं स्थानमा रहेको छ।