नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको ७५६ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४९,८६,४६१ पुगेकाे छ। विगत २४ घण्टामा केरलाबाट मिलाइएको २ जना समावेश गरी कुल ८ जनाकाे मृत्यु दर्ता भएको छ। यससगैं हालसम्म कोरोनाले मृत्यु हुनेको कुल संख्या ५,३१,८३२ पुगेको छ। यसरी नै यस अवधिमा १,३०८ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४४,४६,५१४ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८.८०% रहेको छ।
हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या कमेर ८,११५ रहेको छ। यसरी नै देशमा आज कोरोनाको दैनिक सकारात्मकता ०.७० प्रतिशतमा रेकर्ड गरिएको छ भने साप्ताहिक सकारात्मकता ०.९० प्रतिशत रहेको छ।
भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी.एम.आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी १,१९,६२३ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९२,९४,३०,१६९ जनको परीक्षण भइसकेको छ। यसरी नै २४ घण्टमा १,२८२ जनाले कोरोना खोप लगाउनको साथ कुल २२०,६६,९८,१३२ जनाले यो खोप लगाइसकेको छन्।











