वित्तीय वर्ष २०२३-२४ को निम्ति १२,१४६.५१ करोड़ रूपियॉंको बजेट पारित

n5016500581684607754656ec883170e6f12be0e5e152e924f82a104fbc6db1517649afe8324c886067d088.jpg

गान्तोक: सिक्किम विधानसभामा बजेट सत्रको आज अन्तिम दिन वित्तीय वर्ष २०२३-२४ को निम्ति आम बजेट पारित गरियो। मुख्यमन्त्री तथा वित्त विभागका प्रभारी मन्त्री प्रेमसिंह तामाङले बजेट सत्रको पहिलो दिन सदनमा १२,१४६.५१ करोड़ रूपियॉंको बजेट राखेका थिए।

मुख्यमन्त्री तामाङले आफ्नो धन्यवाद ज्ञापनमा राज्यपाल लक्ष्मण प्रसाद आचार्यलाई बजेट सत्रको पहिलो दिन बहुमूल्य सम्बोधनको निम्ति धन्यवाद दिए। उनले सिक्किमलाई शिक्षाको कन्द्र बनाउन लक्षित दुईवटा विश्वविद्यालय विधेयक पारित गरिएकोमा सदनका सदस्यहरूलाई पनि धन्यवाद दिए। उनले बजेट सत्र अवधि सदनका सदस्यहरूले दिएका सुझाउहरूको निम्ति आभार व्यक्त गर्दै ती सुझाउहरूमाथि विचार गर्ने आश्वासन दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement