आईपीएल २०२३: केकेआर विरुद्ध १ रनले रोमाञ्चक जीतको साथ लखनऊ सुपर जाइण्ट्स प्लेअफ्-मा

IMG-20230520-WA0324.jpg

२० मईः इण्डियन प्रीमियर लीग (आईपीएल) २०२३-को प्लेअफ्-मा पुग्ने तेस्रो टीम बन्यो लखनऊ सुपर जाइण्ट्स। शनिवार खेलिएको दिनको दोस्रो म्याचमा कलकत्ता नाइट राइडर्स (केकेआर)-लाई १ रनले पराजित गर्नको साथै लखनऊ सुपर जाइण्ट्सले लगातार दोस्रो सीजनमा प्लेअफ् खेल्ने मौका हासिल गऱ्यो। यस जीतको साथै क्रुणाल पाण्ड्याको कप्तानीमा रहने लखनऊको टीम १४ वटा म्याचमा १७ पोइण्ट्सको साथ नेट रन रेटको आधारमा आईपीएल पोइण्ट्स टेबलको तेस्रो स्थानमा रहन पुग्यो। यसरी केकेआर-ले १४ वटा म्याचमा १२ पोइण्ट्सको साथ सातौं स्थानमा रहेर आईपीएलको यस सीजनको समापन गऱ्यो। कलकत्ताको ईडन गार्डन्समा खेलिएको म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै लखनऊ सुपर जाइण्ट्सले २० ओभरमा ८ विकेट गुमाएर १७६ रन बनायो। शीर्ष क्रमको निराशाजनक प्रदर्शनपछि निकोलस पूरनले ५८ रन बनाएर टीमलाई सम्हाले। उनले ३० बल खेलेर ५ वटा छक्का र ४ वटा चौका लगाए। यसबाहेक क्विण्टन डी ककले २८, प्रेरक मंकडले २६ र अयुष बडोनीले २५ रनको योगदान दिए। केकेआर-का बलरहरूमा वैभव अरोड़ा, शार्दुल ठाकुर र सुनिल नारेनले २-२ विकेट लिए। जवाफमा केकेआर-ले २० ओभरमा ७ विकेट गुमाएर १७५ रन मात्र बनाउन सक्यो। रिंकु सिंहले ६ वटा चौका र ४ वटा छक्काको साथ ३३ बलमा अविजित ६७ रन बनाए। यसबाहेक ओपनर जेसन रोयले ७ वटा चौका र एउटा छक्काको साथ २८ बलमा ४५ रन बनाए। यी दुई बाहेक भेंकटेश अय्यरले २४ रनको योगदान दिए। लखनऊका बलरहरूमा रवि विश्नोई र यश ठाकुरले २-२ विकेट लिए। आईपीएल २०२३-मा गुजरात टाइटन्स र चेन्नई सुपर किंग्सले अगावै प्लेअफ्-मा स्थान बनाइसकेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement