सिलिम हिल चिया बगानको विषयमाथि हाम्रो पार्टीको डीके गुरूङद्वारा मन्त्री मलय घटकलाई पत्रचार

IMG-20230520-WA0269.jpg

दार्जीलिङ: सिलिम हिल चिया बगानमा भईरहेको विषयमाथि हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघले राज्यको श्रम मन्त्री मलय घटकलाई पत्रचार गरेका छन्। गत केही दिन अघिदेखि सिलिम हिल चिया बगानको नयाँ कमानमा भईरहेको विवादबारे अवगत गराउँदै हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रीय अध्यक्ष डीके गुरूङले आज राज्यको श्रम मन्त्री मलय घटकलाई पत्रचार गरेका छन्।पत्रमा अध्यक्ष गुरूङले सिलिम हिल चिया बगानको प्रबन्धकवर्गले बगानमा कार्यरत् श्रमिकहरूलाई उक्साउने कामहरू गर्दै आईरहेको बताएका छन। शान्ता वातावरण रहेको सिलिम हिल चिया बगानमा बगानको व्यवस्थापन र प्रबन्धकवर्गले खैला भैला मच्चाउने आदि जस्ता कामहरू गरिरहेको आरोप लगाएका छन्।बगानमा रिसोर्टको निर्माण गर्ने आदि जस्ता कुराहरू बताउँदै चियाको गाछहरू उखाल्ने आदि निर्देशहरू दिईरहेका छन् भनी बताएका छन्। बगानमा कार्यरत श्रमिकहरूले ब्यवस्थापन अनि प्रबन्धकवर्गको आदेशलाई अस्वीकार गर्दा श्रमिकहरूलाई रोजी नदिने साथै स्टाफ एंव सप स्टाफहरूको वेतन रोक्ने आदि जस्ता प्रबन्धकवर्गले कुरा गर्दा श्रमिकहरूले विरोध प्रदर्शन आदि जस्ता कार्यहरू चलाउँदै आईरहेको छ भन्ने अध्यक्ष गुरूङले आफ्नो पत्रमा उलेख गरेका छन्। पत्रमा लेखेका छन् बोर्ड परीक्षाको परिणाम भर्खरै मात्र जारी भएको छ।विद्यार्थीहरूलाई थप शिक्षा प्राप्तिको निम्ति कलेज आदिमा भर्ना गर्नु पर्ने हुन्छ तर बगानको यस्तो अवस्थामा अभिभावकहरूले आफ्नो नानीहरूलाई कसरी कलेजमा भर्ना गर्न सक्छ?भन्दै अध्यक्ष गुरूङले आफ्नो पत्रमा उलेख गरेका छन्। यी सबै विषयहरूलाई ध्यानमा राख्दै हजुरको पक्षबाट सिलिम हिल चिया बगानमाथि उचित पहल गरियोस भन्ने अनुरोध पनि अध्यक्ष डी के गुरूङले गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement