कालेबुङ: कालेबुङ जिल्लाले गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको फेरि एकपल्ट नाम उच्च राखेका छन्। कालेबुङ जिल्लाका ९४.१३% परीक्षार्थीहरु माध्यमिक परीक्षा २०२३ मा उत्तीर्ण सफल बनेको छ। यो प्रतिशत लिएर उतीर्ण हुने कालेबुङ जिल्लाले राज्यमा दोस्रो स्थान हाँसिल गरेको छ। पहिलो स्थानमा पूर्व मेदिनीपुर जिल्ला (९६.८१%) रहेका छन् भने तेस्रो स्थानमा कोलकाता (९३.७५%) रहेको छ भनी जीटीए प्रमुख कार्यपाल अनित थापाले प्रेस विज्ञप्ति जारी गरी बताएका छन्।
उनले प्रेस विज्ञप्ति जारी गर्दै बताए अनुसार दार्जीलिङ्ग जिल्लामा (८५%) विद्यार्थीहरु (जीटीए क्षेत्रका दार्जीलिङ्ग, खरसाङ, मिरिकका विद्यार्थीहरु लगायत) उत्तीर्ण भएका छन्।
जीटीए चिफ् अनित थापाले प्रथमः कालेबुङ जिल्लाका टपर अभिनम गुरुङलाई (८१.८६%) विशेष बधाई अनि शुभकामना दिएका छन्। उनले अभिनम गैरीवास उच्चतर माध्यमिक विद्यालयका विद्यार्थी हुन्। त्यसरी नै जीटीए क्षेत्रका हरेक विद्यालयका टपरहरुलाई पनि बधाई दिएका छन्।
थापाले भने, सबै उत्तीर्ण हुने विद्यार्थीहरुलाई बधाई दिनु चाहन्छु। तिमीहरूको अथक परिश्रम अनि केही गर्छु भन्ने जोश अनि सपनाको कारण नै आज सफल हुनु सकेका हौं। यसरी नै अघि पढ्ने अनि बढ्ने हौसला मिलोस्। सबै माध्यमिक विद्यालयका शिक्षक शिक्षिकाहरुलाई बधाई दिनु चाहन्छु। तपाईंहरूको प्रेरणा, हौसला, अनुशासन अनि शिक्षणको कारण पनि विद्यार्थीहरुले परीक्षामा राम्रो परिणाम निकाल्नु सफल बनेका हुन। तपाईंहरूको योगदान समाजले कहिले बिर्सने छैन।’
अनित थापाले अझ भने, हरेक अभिभावकहरुलाई बधाई अनि धन्यवाद दिनु चाहन्छु। तपाईंहरूको परिश्रमको कारण हो आज उत्तीर्ण हुने विद्यार्थीहरु। तपाईहरुले शिक्षालाई महत्व दिनु भयो, मेरो नानी पढ्नु मात्र होइन राम्रो अंक लिएर सफल भएको हेर्नु चाहनु भयो। तपाईंहरूको त्यही सपना अनि चाहना आज पूरा भएको ठान्छु।’
थापाले अझ भने, जब समाजका नानीहरू दैनिक रूपमा अध्यापन गर्न विद्यालय पुग्छन्। अनुशासित भएर शिक्षा हासिल गर्छन्। तब एउटा शिक्षित समाजको जन्म हुन्छ। जीटीएले शिक्षालाई महत्व दिएको छ। बिजीपिएम अनि जीटीए प्रशासनले शिक्षालाई प्राथमिकता दिएर धेरै पहलहरु सुरु गरेको छ। गुणात्मक शिक्षा प्रदान गर्न पूर्वाधारहरुको निर्माण देखि लिएर अनुकूल शैक्षिक वातावरण सृजना गर्न सफल बनेको छ। अनुकूल शैक्षिक वातावरण तब हुनेछ जब एक विद्यार्थीले पढ्ने, बढ्ने अनि सिक्ने वातावरण पाउँछ। पहाडमा शान्ति छ। यहाँ बन्द छैन। शिक्षकहरूले पाउनु पर्ने अधिकार माथि प्रशासनले काम गरिरहेका छन्। शिक्षकले आफ्नो समय विद्यालयमा दिनु सकेका छन्। अभिभावकहरू डर बिना आफ्ना नानीहरूलाई विद्यालय पठाउँदैछन। यसरी पहाडमा शैक्षिक वातावरणको स्थापना हुँदैछ। शिक्षाको हब बनेको एक समयको दार्जीलिङ्ग पहाड यसरी विस्तारै पुरानो गरिमा फर्काई ल्याउनुमा सफल बन्नेछ भन्ने मेरो विश्वास छ।’
उनले अझ भने, हामीले पूर्ण रूपमा सफलता प्राप्त गरेका छैनौं। विद्यार्थीहरुलाई पढ्नुमा मात्र पारंगत बनाउनु होइन तर उनीहरूलाई सोच्नु सक्ने व्यक्ति बनाउनु सक्नु पर्छ। केही समय अघि शिक्षाविद् गुण्डुला बोस्कले भनेका थिए, “पिएचडी गर्ने विद्यार्थीहरुलाई केवल विशेषज्ञ (specialist)बन्ने तालिम नदिनुहोस्, उनीहरूलाई विचारक (thinker) बन्न पनि तालिम दिनुहोस्।” वर्तमान हाम्रो पहाडलाई चाहिएको हो विचारक। मानव संसाधनले खोज्ने स्किल्ल पनि यही हो। शिक्षा हाम्रो पहिचान बनोस। फेरि पनि कालेबुङ जिल्लालाई बधाई।’