नक्कली सून र नोटको व्यापारमा संलग्न पॉंच पक्राउ

IMG-20230410-WA0169.jpg

लखीमपुर। असमको लखीमपुर जिल्लाको नाउबेचा क्षेत्रमा पुलिसले अभियान चलाएर नक्कली नोट र नक्कली सूनको व्यापारमा संलग्न पॉंच जनालाई समातेको छ।

नक्कली सून र नोटको व्यापार लगातार मिडियामा आएपछि लखीमपुर सदर थाना प्रभारी र नाउबेचा पुलिस थाना प्रभारीले अभियान चलाएर अपराधीहरूलाई पक्राउ गरेको छ। पक्रा पर्ने व्यक्तिहरूमा आबेद अली, तमिर अली, अमीर अली, महिदुल इस्लाम र अमीर हुसैन सामेल छन्।

अभियान अवधि एउटा नक्कली सूनको मूर्ति, ४२ हजार नक्कली नोटसहित पॉंचवटा मोबाइल जफत गरिएको छ। पुलिसले यस सम्बन्धमा प्राथमिकी दर्ता गरेर पक्रा पर्ने आरोपितहरूसॅंग सोधपुछ शुरू गरेको छ।

About Author

Advertisement