सिटिजन एक्सन पार्टीले गर्यो बजेटको आलोचना

IMG-20230521-WA0001.jpg

गान्तोक: सिटिजन एक्सन पार्टी (सिएपी) ले सरकारले हालै पारित गरेको सिक्किमको आम बजेट सिक्किमे जनताको आशा र युवाको भरोसा विपरित रहेको बताएको छ। पार्टीले शनिवार पत्रकार सम्मेलन आयोजन गरेर सरकारले पारित गरेको बजेटको आलोचना गरेको छ साथै बजेटले निराशा मात्र दिएको आरोप लगाएको छ। बजेटबारे प्रतिक्रिया व्यक्त गर्दै सीएपीका मुख्य संयोजक गणेश राईले यस बजेटले सिक्किमको जन आकाँक्षा पूरा गर्न नसक्ने बताए। बजेटबाट सिक्किमलाई बाँकी बोकाउन सिवाय अन्य केही फाइदा दिने पहल नभएको यो बजेटले सिक्किमलाई डुबाउने उनले दाबी गरे। गणेश राईले पार्टीको पक्षबाट बजेटलाई खण्डन गरेका छन् साथै एसकेएम सरकारले सिक्किमको आर्थिक अवस्था बिगारेको आरोप लगाएका छन्। मुख्यमन्त्री पीएस गोलेले आफ्नो बजेट भाषणमा सरकारले पाँचवटा क्षेत्रमा प्रथामिकता दिएको भन्ने विषयलाई गणेश राईले खण्डन गरे। उनले कुनैपनि क्षेत्रमा काम भएको छैन् भन्दै ग्रामीण अर्थतन्त्र डुब्दै गएको, मानिसहरूको क्रम शक्ति घटेर गएको, गाउँमा पैसाको चलखेल बन्द भएको, औद्योगिक क्षेत्र विकासको दाबी मात्र भएको तर कतिपय फ्याक्ट्री नै बन्द भएको, सेवा क्षेत्र र शैक्षिक क्षेत्रमा अवस्थामा सुधार नभएको, राज्यमा ५० प्रतिशत पर्यटन घटेको, शिक्षा क्षेत्र कम्जोर भएका कारण राज्यमा पहिलोपल्ट बोर्ड परीक्षामा कक्षा दशका ४० प्रतिशत र १२ का १५ प्रतिशत विद्यार्थी फेल भएका, स्वास्थ्य सुधारका नाममा स्टोनको अप्रेशन गर्न पनि सिलगढ़ी लानुपर्ने अवस्था सिर्जना भएको गणेश राईले आरेप लगाएका छन्। चार वर्षको कार्यकालमा एसकेएम सरकारले राज्यमा समृद्दिको बाँडफाँड भएको दाबी गरेपनि जनतामा समस्याको बाँडफाँड मात्र भएको र सिक्किमको गरिबी बढेर गएको उनले बताए। भौतिक सम्पर्क र पूर्वाधार निर्माण क्षेत्रमा पनि एसकेएम सरकार फेल भएको गणेश राईले बताए। ग्रामीण तथा शहरी दुवै क्षेत्रमा सड़क सम्पर्क ठीक नरहेको, बेरोजगार समस्या समाधान र रोजगार सिर्जना गर्ने पक्षलाई बजेटले सम्बोधन नगरेको साथै आर्थिक समस्या समाधानका पहल पनि बजेटमा नभएको उनले बताए। वर्षको अन्तरालमा सिक्किममा ऋणको भारी बढेर गएको भन्दै राज्यको फिसिकल डेभिसिट साढे चार प्रतिशत भन्दा माथि पुगेका कारण सिक्किमको आर्थिक क्षेत्रमा खतराको स्थिति सिर्जना भएको बताए। वर्तमान सिक्किम सरकार केवल ऋणको भरमा मात्र चलिरहेको दाबी गर्दै यस पल्टको बजेटमा पनि २१०० करोड भन्दा ज्यादाको ऋण लिने सरकारले तय गरेको गणेश राईले आरोप लगाएका छन्। पत्रकार सम्मेलनमा बोल्दै राईले सिक्किमे परिभाषा खण्डित भएको र धारा ३७१ एफ तरलिकरण सम्बन्धमा गठन गरेको जाँच कमिटीलाई जनतालाई भ्रमित बनाउने प्रयास मात्र हो भन्दै एसकेएम सिक्किमको आर्थिक अवस्थालाई पनि कमजेर बनाएको र सिक्किमको अदिकारको पनि हनन गरेको आरोप लगाए। सम्मेलनमा बोल्दै पार्टीका कार्यकारी अद्यक्ष डिबी चौहानले बजेट सत्रमा सिक्किम र सिक्किमको भविष्यको सुरक्षालाई लिएर कुनै गम्भीर पहल नभएको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement