कान्स फिल्म फेस्टिभलको महत्वपूर्ण सत्रमा सिक्किम फिल्म प्रमोशन बोर्डकी अध्यक्ष पूजा शर्माको सगभागिता

IMG-20230520-WA0316.jpg

गान्तोक: कान्स फिल्म फेस्टिभलको क्रममा भारतले महत्वपूर्ण सत्रमा भाग लिँदै छलफल गरेको छ। केन्द्रीय राज्यमन्त्री डा. एल मुरुगनले छलफलको नेतृत्व गरेका थिए। सत्रमा देशभित्रका सम्भावित सुटिङ गन्तव्यहरूमा चर्चा गरियो। हिजो बसेको प्यानलमा सिक्किम सरकारको प्रतिनिधित्व गर्दै सिक्किम फिल्म प्रमोशन बोर्डकी अध्यक्ष पूजा शर्मा, महाराष्ट्र सरकारको संस्कृति विभागीय प्रमुख सचिव विकास खर्गे, फिल्म सिटीका प्रबन्ध निर्देशक अविनाश ठकनी र किभिनी शोहे, नागाल्याण्डका प्रसिद्ध फिल्म निर्माताहरु पनि सामेल थिए।

सिक्किम, महाराष्ट्र, नागाल्याण्ड र मिजोरमको प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदालाई देखाउने मनमोहक भिडियो प्रस्तुतिहरूबाट सत्र सुरु भएको थियो। फिल्म सुटिङ गन्तव्यको रूपमा सम्भावनालाई जोड दिँदै यी क्षेत्रहरूमा चलचित्रलाई सहजीकरण र प्रोत्साहन गर्न सरकारले गरेका विभिन्न पहलहरूमा छलफल भएको थियो। सिक्किमकी पूजा शर्माले सिक्किम सरकारको दूरदर्शी नेतृत्वको प्रयासलाई श्रेय दिँदै फिल्म लोकेशनको रूपमा सिक्किमको बढ्दो लोकप्रियतालाई विशेष रूपमा प्रकास पारिन्‌। प्रस्तुतिले सिक्किमको सुन्दरता र पूर्वाधारमा प्रकाश पारेको छ जसले यसलाई फिल्म निर्माताहरूका लागि एक आदर्श विकल्प बनाउने आशा गरुएको छ। अर्को सत्रमा फिल्म उद्योगका प्रमुख व्यक्तित्वहरूले आफ्ना अनुभव र दृष्टिकोण साझा गरे। प्यानलमा अभिनेत्री तथा राजनीतिज्ञ खुशबू सुन्दर, फिल्म निर्माता मधुर भण्डारकर, अभिनेत्री ईशा गुप्ता, अमेरिकी निर्देशक र निर्माता जेङ्गिनी शोमन र फिल्म निर्माता सुधीर मिश्राले छलफलमा भाग लिँगै चलचित्र जगतमा महिलाहरुले गरेको महत्वपूर्ण योगदान, उनीहरुको विविध भूमिकाको खोजी र उनीहरुका उपलब्धिहरुलाई उजागर गर्ने निर्णय गरिएको थियो।

कान्समा रहेको इन्डिया प्याभिलियनले भारतीय राज्यहरूलाई अनपेक्षित स्थानहरू र विश्र्वव्यापी फिल्म निर्माताहरूलाई आकर्षित गर्ने उद्देश्यका पहलहरू प्रदर्शन गर्न उत्कृष्ट प्लेटङ्गर्म प्रदान गर्ने निर्णय गरेको छ। यी सत्रहरू मार्फत, भारतीय सिनेमाको समृद्धि र विविधता र उद्योगमा महिलाहरूको योगदानलाई सम्झना गरेको छ। जसले विश्र्वव्यापी फिल्म परिदृश्यमा एक प्रमुख रूपमा भारतको स्थानलाई थप बलियो बनाउने आशा गरिएको छ। कान्स फिल्म फेस्टिभलमा, सहभागीहरूले अन्तर्दृष्टिपूर्ण छलफल र प्रस्तुतिहरूको आशा गरेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement