विधानसभामा भाजपा विधायकहरू चामलिङमाथि खनिए

IMG-20230520-WA0320.jpg

गान्तोक: सिक्किम विधानसभाको आज बजेट सत्रको अन्तिम दिन भाजपा विधायकहरू पूर्व मुख्यमन्त्री तथा विधायक पवन चामलिङमाथि निकै खनिए। हिजो सदनमा चामलिङले लगाएका आरोपहरूको शब्दमा खण्डन गर्दै भाजपा विधायकहरू उनीमाथि खनिए। बजेट सत्रको आज अन्तिम दिन धन्यवाद ज्ञापनमा सहभागी बन्दै विधायक राज कुमारी थापाले विधायक चामलिङको वास्तविकताको खुलासा गरिन्। एसडीएफ पार्टीका अध्यक्ष चामलिङले कसरी दस जना विधायकलाई भाजपामा सामेल गराएका थिए भन्ने उनले स्पष्टरूपमा सदनमा जानकारी गराइन्। चामलिङले सदनमा सदैव सत्य बोल्नु पर्छ भन्ने गरेको तर आफूले नै सदनमा झुटो बोलेर सदन र जनतालाई दिग्भ्रमित गरिरहेको उनले आरोप लगाइन्। चामलिङले सदन बाहिर पनि यसरी नै आफूहरुलाई निच देखाउनका लागि विभिन्न प्रकारको बयान दिएर जनतालाई अन्योलमा राख्ने काम गरेको र सदनभित्र पनि सोही प्रकारको बयान दिएको बताउँदै यसलाई सहन गर्न नसक्ने बताइन्। उनले पवन चामलिङको निर्देश र मार्गदर्शनमा नै आफूहरू वर्ष २०१९ को १० अगस्तको दिन दिल्ली गएको दाबी गरिन्। १० अगस्तको दिन दिल्ली पुगेपछि भाजपाका केन्द्रिय नेता राम माधवसँग भेट गरेको उनले जानकारी गराइन्। भेटपछि १३ अगस्तको दिन आधिकारिकरूपमा भाजपामा सामेल भएको विधायक थापाले दाबी गरिन्। उनले जानकारी गराए अनुसार, चामलिङले आधिकारिकरूपमा एसडीएफ पार्टीको लेटर हेडमा १० जना विधायक भाजपमा सामेन हुने कुरा उल्लेख गरेको र आवश्यक परेको खण्डमा प्रमाण देखाउने अवगत गराइन्। तर, अहिले कुनै पनि कार्यक्रममा १० जना विधायकले आफूलाई धोका दिएको र धोकेबाज भन्दै आएको बताइन्। सदन बाहिर र भित्र झुट बोलेर आफूहरूलाई जनतासमक्ष गिराउने चामलिङले प्रयास गरेको उनले आरोप लगाइन्। वर्तमान मुख्यमन्त्री प्रेमसिंह तामाङले पार्टी नछुट्टाइ जनहितमा सबै निर्वाचन क्षेत्रहरूमा काम गरिदिएको र धेरै वर्षदेखि थाँतीमा रहेका मागहरू पनि पुरा गरिदिएकोमा उनले धन्यवाद दिएकी छन्। यसै क्रममा मल्ली निर्वाचन क्षेत्रकी विधायक फरवन्ती तामाङले पनि चामलिङले हिजो सदनमा आफूहरूमाथि लगाएको आरोपको कडारूपमा खण्डन गरिन्। सदनमा झुटो बोलेर चामलिङले सदनको गरिमालाई नै ठेस पुयाएको उनले किटान गरिन्। दस जना विधायकहरूलाई भाजपामा सामेल गराएर अहिले एक्लै छु भनेर सहानुभूति पाउन चामलिङ प्रयत्नरत रहेको। सोही प्रकारले विधायक केएस लेप्चाले चामलिङले आफूलाई दुईपल्ट टिकट दिएको स्वीकार गरे तर सदनमा झुटो बयान रेकर्ड गराएकोमा उनले दुःख प्रकट गरे।चामलिङले नै आफूहरूलाई दिल्ली लगेर भाजपामा सामेल गराएको उनले दाबी गरे। धन्यवादको क्रममा विधायक एम प्रसाद शर्माले विधायक चामलिङको बयानको प्रसङ्गबारे बोल्दै हाल उनले भावनात्मक बनेर सहानुभूति पाउने कोशिश गरेको बताए। आफूहरू पनि एसडीएफ पार्टीबाट जितेर विधायक बनेको कुरा उनले स्वीकारे। तर चुनाउमा पार्टी हारेपछि चामलिङले भाजपामा सामेल हुने निर्णय गरेपछि एसडीएफ पार्टी त्यागेर एसकेएममा सामेल भएको उनले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement