सिलगढी: आज अपरान्हदेखि सिलगढी सहरमा अत्याधिक पानी परेपछि सहरको विभिन्न ठाउँमा रुखहरू लडेको छ भने केही ठाउँमा घरमाथि रुखहरू लडेको बताइएको छ। अत्याधिक वर्षाले गर्दा सिलगढीको विधान रोड, सेभोक रोड, अस्पताल मोडमा धेरैवटा रुखहरू लडेकोले गर्दा तर्फबाट ती रुखहरू काटेर सडकको सर-सफाई गर्ने काम शुरू गरेको छ। यसबाहेक फुलेश्वरी नजिक एउटा घरमा रुख लडेको बताइएको छ।यस घटनापछि सिलगढी नगरनिगमको मेयर परिषदले कर्मचारीहरूको सहयोगमा घरमाथिबाट यस रुख हटाउने कार्य शुरू गरेको छ। सिलगढी नगरनिगमको १३ नम्बर वार्डका काउन्सिलर तथा मेयर परिषद मानिक दे-ले बताएअनुसार सिलगढी सहरको ९ वटा ठाउँमा अत्याधिक वर्षाले गर्दा रुखहरू लडेको छ। यसबारे आफूहरू समक्ष खबर आएपछि पर्यावरण विभागका कर्मचारीहरूले ती रुखहरू हटाउने कार्य गरिरहेको छ। सहरको मुख्य सडकहरूमा रुखहरू लडेर सडक अवरुद्ध भएकोले गर्दा त्यसलाई हटाउने कार्य गरिनेछ। यसपछि वार्ड- वार्डमा गएर कार्यहरू गरिनेछ।