स्वर्गीय मदन तामाङको सालिगको साफसफाई

Screenshot_20230520_224725_WhatsApp.jpg

दार्जिलिङ: आजको दिन हाम्रो पार्टी दार्जिलिङ महकुमा हाम्रो युवा शक्तिले दार्जिलिङ टाउनको क्लब स्ट्याण्डमा स्थापित रहेको एक प्रख्खर अनि निडर राजनैतिक नेता स्वर्गीय मदन तामाङ ज्यूको सालिगको साफसफाई कार्यक्रम गरें। भोलि उहाँको देहान्तको पुण्यतिथिको निम्ति हाम्रो युवा शक्तिद्वारा आज बेलुकी पख उनको सालिगलाई सफाई गर्ने कार्यक्रम सम्पन्न गरें साथै भोलि बिहान ८ बजे उहाँको पुण्यतिथिमा उनको सालिगमा श्रद्धाञ्जली अर्पण गर्ने भएको छ। भोलिको उक्त कार्यक्रममा अन्य इच्छुक महानुभावहरुले सहभागी जनाई दिने अपिल पनि हाम्रो युवा शक्ति समूहले गरेका छन्। आजको यस कार्यक्रममा दार्जिलिङ महकुमा युवा शक्तिका संयोजक राब्गे खालिङ राई, सह-संयोजक आशिष छेत्री, सह-संयोजिका दिपिका गुरुङ, नोरा सुब्बा लगायत राहुल छेत्री उपस्थित थिएँ।

About Author

Advertisement